सरकारी कार्यालयमा छैन स्तनपान कक्ष

60
Shares

लमजुङ, ५ पुस । पहाडी जिल्ला लमजुङका सरकारी कार्यालयमा स्तनपान तथा शिशुस्याहार कक्ष नहुँदा महिला सेवाग्राही तथा कर्मचारीलाई समस्या भएको छ ।

जिल्ला प्रशासन कार्यालयबाहेक जिल्लामा रहेका अन्य सरकारी कार्यालयमा शिशु स्याहार तथा स्तनपान कक्ष नहुँदा सेवाग्राही तथा महिला कर्मचारीले समस्या बेहोर्दै आएका हुन् ।

कार्यालयमा सेवाग्राहीको घुइँचो हुने भएका कारण अन्य कार्यालयमा स्तनपान कक्षको व्यवस्था छैन । बढी घुइँचो हुने मालपोत, अदालत, जिल्ला प्रहरी, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पर्यटन तथा उद्योग विकास कार्यालय, कृषि ज्ञान केन्द्र, स्वास्थ्य कार्यालय,बेँसीसहर नगरपालिकालगायतका दर्जन बढी कार्यालयमा स्तनपान कक्ष छैन ।

कार्यकक्षमा स्तनपान गराउँदा होस् या बाहिर बसेर स्तनपान गराउँदा कुरा काट्नेको धुइरो लाग्ने हुँदा सबै कार्यालयमा स्तनपान तथा शिशुस्याहार कक्ष स्थापना गर्नुपर्ने सेवाग्राहीको मागमा छ ।

महिला सेवाग्राहीको सुविधालाई ध्यान दिएर जिल्ला प्रशासनले उक्त कक्ष सञ्चालन गरेको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले बताए ।

पर्यटन तथा उद्योग कार्यालका प्रमुख मीता थापाले हालसम्म कार्यालयमा स्तनपान कक्ष नभएको तर बनाउने तयारीमा रहको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *