सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी ऐन कार्यान्वयन गर्न भरतपुर महानगरको निर्देशन

16
Shares

 

चितवन, ५ पुस । भरतपुर महानगरपालिकाले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ को पूर्ण कार्यान्वयन गर्न आफ्नो नगर क्षेत्रका सबै सरकारी निकायलाई ध्यानाकर्षण गराएको छ ।

महानगरले गत मंगलबार आफ्ना सबै वडा कार्यालय, महानगर भित्रका विद्यालय र सबै स्वास्थ्य संस्थाहरुलाई पत्र पठाउँदै ऐनको कार्यान्वयन गर्न जोड दिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाद्धारा हस्ताक्षरित पत्रमा महानगर भित्रका सार्वजनिक संस्थाहरुमा सुर्तीजन्य पदार्थ पूर्ण रुपमा निषेध गरिएको भन्दै त्यस बाहिरको १०० मिटर वरपर पनि यसको बेचविखन गर्न नपाइने उल्लेख छ । यस्तै पत्रमा गर्भवती महिला र १८ बर्ष मुनिका बालबालिकाहरुलाइर्ए सुर्तीजयन्य पदार्थ बेचविखन गर्न नपाइने समेत स्पष्ट पारेको छ ।

महानगरले सार्वजनिक संस्थाहरुमा स्वास्थ्य संस्थाहरु, शिक्षण संस्था, सरकारी कार्यालय, सार्वजनिक सवारी साधन, बालगृह, बृद्धाश्रम, उद्योग कल कारखना, धार्मिक स्थल, व्यवसाय स्थल लगायतका स्थान हो भनेर समेत जानकारी गराएको छ ।

नसर्ने रोगको प्रमुख कारण सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न सरकारले १२ बर्ष अघि कानून ल्याए पनि त्यसको पूर्ण कार्यान्वयन हुन सकेको छैन । स्थानीय निकायहरुले यसको कार्यान्वयन गर्न सकेमा यसबाट हुने भनिएको हानी धेरै हदसम्म न्युनिकरण हुने विज्ञहरु बताउँछन् ।

नेपालमा हरेक वर्ष २७ हजार बढीको ज्यान सुर्तीजन्य पदार्थको सेवनबाट लाग्ने रोगका कारण हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *