यूएईबाट काठमाडौं आएको जहाजको शौचालयभित्र मृत शिशु फेला

228
Shares

 

काठमाडौं,४ पुस । यूएईको सारजाहबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंका लागि उडेको एयर अरेबिया जहाजको शौचालयभित्र मृत अवस्थामा नवजात शिशु फेला परेको छ।

बुधबार बिहान करिब ९ बजे अवतरण गरेको जहाजको शौचालयमा मृत अवस्थामा शिशु फेला परेको थियो।

एक महिला यात्रुले जहाजको शौचालयमा बच्चा जन्माएको पाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ । ती यात्रु कहाँकी हुन् भन्नेबारेमा खुलेको छैन।

शौचालयमा मृत अवस्थामा शिशु फेला परेको थियो । स्रोतका अनुसार आमाको उपचार काठमाडौं मेडिकल कलेज सिनामंगलमा भइरहेको छ ।

ती महिला करिब १५ मिनेट विमानको शौचालयमा थिइन् । नवजात शिशु फेला परेपछि सोधखोज गर्ने क्रममा आमा अस्पतालमा रहेको जानकारी आएको हो । थप विवरण आउन बाँकी छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *