चोरीको भारतीय बोलेरो गाडी एम्बुलेन्स बनाएर कुदाएपछि….

156
Shares

बीरगञ्ज । पर्सा प्रहरीले एम्बुलेन्सको स्वरुपमा गाउँ गाउँ कुदाईएको भारतीय बोलेरो जीप र त्यसका चालक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

भारतबाट चोरी पैठारी गरी नेपाल भित्र्याइएको बोलेरो जीपलाई स्वरुप परिवर्तन गरी एम्बुलेन्स बनाएर गाउँ गाउँमा कुदाउने गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गत सोमबार वीरगञ्ज महानगरपालिका वडा नं १३ स्थित तराई अस्पताल अगाडी सडक खण्डबाट नियन्त्रणमा लिएको हो ।

बीआर१एपी ५२९१ नम्बरको उक्त बोलेरो एम्बुलेन्स गाडीलाई स्वरुप परिवर्तन गरी एकारपियो गाडीको पार्टसहरु लगाईएको पाइएको थियो । उक्त गाडी विहार पूर्वी चम्पारणका ३० बर्षीय महमद नेजामुदिनले तराईका ग्रामिण क्षेत्रमा चलाउँदै आएका थिए ।

भन्सार नतिरी चोरी पैठारी गरि भित्र्याएको गाडीलाई ४ लाख रुपैयाँ मुल्यांकन गरी थप अनुसन्धानको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले बताए ।

पछिल्लो समय तराईँका जिल्लाहरुमा विना भन्सारका चोरी पैठारीका जीपहरु स्वरुप परिवर्तन गरी एम्बुलेन्स बनाएर कुदाउने क्रम बढेको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *