डा. गोविन्द केसीले तोडे अनसन

काठमाडौँ, २ पुस । डा. गोबिन्द केसीले आफ्नो तीन दिने अनसन तोडेका छन् ।
गत शुक्रबार बेलुकाबाट धनगढी पुगेर स्थानीय लक्ष्मीनारायण मन्दिरको धर्मशालामा आफ्नो २१ औँ अनसन सुरु गरेका डा. केसीले ७२ घण्टापछि आज अनसन तोडेका हुन् ।
उनले धनगढी उपमहानगरपालिका–७ कि रेनुका चौधरी र धनगढी–१ कि अञ्जली नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् । अनसन तोडेपछि डा केसी उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना हुनेछन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

