कोशी प्रदेश प्रहरी अस्पताल सञ्चालन गर्न माग

124
Shares

मोरङ, २८ मंसिर । मोरङको बेलबारीबाट सुनसरीको इनरुवा सरेको कोशी प्रदेश प्रहरी अस्पताल यथास्थानमा नै सञ्चालन गर्न बेलबारी नगरपालिकाले माग गरेको छ ।

नगरपालिकाका प्रवक्ता टेकबहादुर राईले नगरपालिकालाई जानकारी नगराइ रातारात अपहरणको शैलीमा सो अस्पताल इनरुवा पुर्याइएको प्रति ध्यानाकर्षण भएको बताएका छन् ।

बेलबारी-३ मा रहेको इलाका प्रहरी कार्यालयको पुरानो भवनमा २०७९ फागुन १० गते प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह, प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थितिमा सो अस्पताल उद्घाटन गरिएको थियो ।

अस्पताल सञ्चालन भइरहेको अवस्थामा स्थानीय नगरपालिकासँग समन्वयसमेत नगरी सो अस्पताल सारिएको नगर उपप्रमुख नितु थापाले आरोप लगाए। उनले अस्पताल तत्काल फिर्ता ल्याउनसमेत सम्बन्धित पक्षसँग माग गरे ।

उक्त अस्पताल सञ्चालन सम्बन्धमा सम्बन्धित निकायले नगरपालिकाबाट आवश्यक सहयोग नगरेको भनी आएको समाचारप्रति नगरपालिकाले गहिरो दुख प्रकट गरेको छ ।

प्रादेशिक अस्पतालसँग पटकपटक समन्वय र सहकार्यका लागी आवश्यक छलफल भएको व्यहोरा जानकारी गराउँदै बेलवारीको सुरक्षा निकायसहित अस्पताललाई विविध पक्षमा सहयोग गरेको नगर प्रवक्ता राईले जानकारी दिएका छन् ।

कोशी प्रदेशसभा सदस्य तथा बेलबारी पूर्वनगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बेलबारीमा अस्पताल पुनःस्थानान्तरणका लागि मुख्यमन्त्री केदार कार्की समक्ष पहल गर्न आग्रह गरिएको बताएका छन् ।

मुख्यमन्त्रीले चाडै कोशी प्रदेश प्रहरीका प्रमुख प्रहरी नायब महानिरीक्षकसहित सरोकारवालाको बैठक राख्ने बताएको सुवेदीले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *