काठमाडौं महानगरभित्र आज देखि प्लाष्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थ बेच्न नपाइने

सार्वजनिक स्थानमा धूमपान सेवनमा पनि पूर्ण प्रतिवन्ध
240
Shares

काठमाडौँ, २७ मंसिर । काठमाडौँ महानगर महानगर भित्र आज देखि प्लाष्टिकको बट्टामा प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थ बिक्री बितरण गर्न नपाईने भएको छ । यस्तै आजैबाट सार्वजनिक स्थानमा धूमपानलाई पनि पूर्ण रुपमा प्रतिवन्ध लगाइएको छ ।

काठमाडौँ महानगरको स्वास्थ्य विभागले पहिलो चरणमा प्लास्टिकको बट्टामा प्याकेजिङ्ग गरिएका सुर्तीजन्य पदार्थहरु (खैनी, गुट्खा, पान पराग वा यस्तै प्रकृतिका सुर्तीजन्य पदार्थहरु) आज देखि बिक्री वितरण गर्न नपाइने भनेर १५ दिन अघि नै सूचना जारी गरेको थियो । सोही सूचनामा सार्वजनिक स्थानमा गरिने धूमपानलाई पनि आजैबाट पूर्ण रुपमा प्रतिवन्ध लगाइने उल्लेख गरिएको थियो ।

महानगरले त्यसविरुद्ध गएर विक्री वितरण गरेको पाइए व्यवसायीलाई कानून अनुसार अधिकतम सजाय गर्ने चेतावनी दिएको छ ।

महानगरले यो निर्णय गर्नु अघि सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ को दफा ४ मा भएको व्यवस्था र काठमाडौँ महानगरको जनस्वास्थ्य ऐन २०८० को दफा ४२ अनुसार निर्णय लिएको बताएको छ ।

दफा ४२ मा सुर्तीजन्य पदार्थ विक्री वितरणमा रोक लगाउन सक्ने, निषेध र बिक्री वितरणका लागि खुल्ला क्षेत्र तोक्न सक्ने, बालबालिकाहरुलाई बिक्री वितरण गराउन नपाइने, सार्वजनिक स्थलको चार किल्ला तोकी सो वरिपरि सुर्तीजन्य पदार्थ विक्री वितरण निषेध गर्न सक्ने व्यवस्था छ ।

महानगरले सो व्यवस्था हुँदा हुँदै पनि यसको उपयोग, नियमन र नियन्त्रण प्रभावकारी नभएकोले जनस्वास्थ्यमा प्रतिकुल प्रभाव पर्नुका साथै प्लास्टिक वा बट्टामा प्याकेजिङ्ग गरिएका सुर्तीजन्य पदार्थको सेवन पछि फालिने प्लाष्टिकले भूमि प्रदुषित हुने, ढल जाम हुने, फोहर महिला बढ्न गई शहरको सुुन्दरतामा समेत प्रतिकुलता बढ्ने बताएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *