बागमती प्रदेशको स्वास्थ्य सचिव बने दिपकप्रसाद तिवारी

काठमाडौँ, २० मंसिर । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मेवारी दिपकप्रसाद तिवारीले पाएका छन् । बुधबार (आज) बसेको मन्त्री परिषद्को बैठकले उनलाई स्वास्थ्य मन्त्रालयको सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णयपछि तिवारीले आजै अपरान्ह मन्त्रालय गएर कार्यभार सम्हालेका छन् ।

त्यसो त तिवारी गत १२ मंसिर देखि निमित्त सचिवको रुपमा मन्त्रालयमा थिए । १२ मंसिरको मन्त्रिपरिषद्को बैठकले यसअघिका सचिव बद्री बहादुुर खड्का मुख्य मन्त्री कार्यालयमा तानेर उनलाई निमित्त सचिवको जिम्मेवारी दिएको थियो । सचिव खड्का भने आफूलाई मुख्यमन्त्री कार्यालयमा तान्ने निर्णयविरुद्ध सर्बोच्च गएका छन् ।

त्यसो त नव नियुक्त सचिव तिवारीसहित अरु चार जना स्वास्थ्यकर्मी आजै ११ औँ तहमा बढुवा भएका थिए । त्यसरी बढुवा हुनेमा डा बसन्त अधिकारी, डा अर्जुनप्रसाद सापकोटा, डा नरेन्द्रकुमार झा रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *