सिन्धुलीमा एम्बुलेन्स दुर्घटना, ५ जना घाइते

152
Shares

काठमाडौँ, १४ मंसिर । महोत्तरीबाट बिरामी लिएर काठमाडौँ आउँदै गरेको एम्बुलेन्स सिन्धुलीमा दुर्घटना भएको छ । एम्बुलेन्स दुर्घटनामा ५ जना घाइते भएका छन् ।

महोत्तरीबाट बिरामी लिएर काठमाडौँ आउँदै गरेको ज१च ८२४ नम्बरको एम्बुलेन्स आज बिहान २ बजे विपी राजमार्गस्थित सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ माथिल्लो बारामा दुर्घटनामा परेको हो। सोही स्थानमा सडक छेउमा रोकी राखेको बा३ख ६७९० ट्रकसँग ठोक्किएर एम्बुलेन्स दुर्घटना भएको हो ।

सिन्धुली प्रहरीका अनुसार एम्बुलेन्समा सवार महोत्तरी नगरपालिका–१ का ४० वर्षीय ईकरामुल अन्सारी, २५ वर्षीय कलाम अन्सारी, २० वर्षीया चाबोला खातुन, १ वर्षीय बालक अवरार अन्सारी र भंगाहा नगरपालिका–१ का २१ वर्षीय जयकुमार राउत घाइते भएका छन् ।

उनीहरू १ वर्षीय बालक अबरारको उपचारका लागि काठमाडौँ आउँदै थिए। दुर्घटनाबाट ती बालकको पनि टाउकोमा चोट लागेको छ। उनीहरूलाई आज बिहानै अर्कै एम्बुलेन्समा राखेर काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *