स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा डा. गुणराज लोहनी नियुक्त

डा. गुणराज लोहनी

काठमाडौँ, १४ मंसिर । सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा पूर्व अतिरिक्त स्वास्थ्य सचिव डा गुणराज लोहनीलाई नियुक्त गरेको छ । स्वास्थ्य मन्त्रालयको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले डा. लोहनीलाई चार वर्षका लागि अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

डा. लोहनी स्वास्थ्य वीमा कार्यक्रमलाई राम्ररी बुझेका व्यक्ति मानिन्छन् । त्यसो त डा लोहनी नेपालमा स्वास्थ्य बीमा शुभारम्भ गर्दाका कार्यकारी निर्देशक थिए । उनकै पहलमा विसं २०७२ चैत २५ मा कैलालीबाट स्वास्थ्य बीमा कार्यक्रम सुरुवात भएको हो । त्यसपछि उनकै अग्रसरतामा स्वास्थ्य बीमा ऐन मस्यौदा तयार भएको थियो ।

गत २४ माघमा डा सेनेन्द्रराज उप्रेतीले स्वास्थ्य बीमा बोर्डको अध्यक्षबाट राजिनामा दिएपछि सो पद रिक्त थियो ।

यतिवेला स्वास्थ्य बीमा कार्यक्रम ७७ जिल्लामा पुगे पनि भद्रगोल अवस्थामा छ । अहिले बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौला निलम्बनमा परेका छन् भने सबै सदस्यहरुले पदबाट राजिनामा दिएको अवस्था छ । यो अफ्टयारो अवस्थाबाट पार लगाउने चुनौती डा लोहनी माथि थपिएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

2 thoughts on “स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा डा. गुणराज लोहनी नियुक्त

  1. हार्दिक बधाई डाक्टरसाब । यहाँको कार्यकाल अत्यन्त सफल रहाेस् ।नेपालमा स्वास्थ्य बीमा कार्यक्रम फष्टाएकाे हेर्न इच्छुक नाकरिकहरूले निर्बाध सेवा प्राप्त गर्ने वातावरण उपलब्ध हाेस् ।नमन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *