आमा र शिशु दुबैको मृत्यु भएपछि लमजुङ अस्पताल तनावग्रस्त

428
Shares

काठमाडौँ, १३ मंसिर । आमा र शिशु दुवैको मृत्यु भएपछि लमजुङ अस्पताल तनावग्रस्त बनेको छ ।

अस्पतालको लापारबाहीका कारण शिशु र सुत्केरी दुवैको मृत्यु भएको आरोप लगाउँदै पीडित पक्षले  बेंसीसहरस्थित लमजुङ अस्पतालमा प्रदर्शन गरेका हुन्।

शल्यक्रियाबाट मृत शिशु जन्मिएको र उपचारको क्रममा मस्र्याङ्दी गापा–९ की २६ बर्षिय शोभा विक र उनको शिशुको मृत्यु भएको थियो ।

मंगलबार दिउँसो अपरेशन मार्फत बच्चा निकाल्दा मृत शिशु जन्मिएको अस्पताल प्रशासनले जनाएको छ ।

सो पश्चात सुत्केरी आमाको समेत रगत बग्ने समस्या नरोकिएपछि मंगलबार बेलुका ५ बजे चितवन मेडिकल कलेज रिफर गरिएको र निजको उपचारको क्रममा सोहि दिन बेलुका नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज बिहान करिब ११ बजेबाट अस्पताल व्यवस्थापन समिति, मृतकको आफन्त, अस्पतालका प्रमुख लगाएतको टोली यस विषयमा वार्तामा जुटेको छ । बाक्लो मात्रामा अस्पताल परिसरमा सुरक्षाकर्मी परिचालन गरिएको बताएइको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *