नेपाल चिकित्सक संघको तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन भोली देखि काठमाडौँमा

188
Shares

काठमाडौँ, ९ मंसिर । नेपाल चिकित्सक संघको तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन भोली (आइतबार) देखि काठमाडौँमा सुरु हुने भएको छ ।

यसअघि यो सम्मेलन असोजका लागि तय भएको थियो । तर चिकित्सक माथि आक्रमण र दुर्व्यहारका घटना बढेपछि संघले त्यसबेला अन्तिम समयमा स्थगित गरेको थियो । भोली त्यसैको निरन्तरता दिन लागेको हो ।

बबरमहलस्थित कार्की वेङ्क्वेटमा दुई दिन सम्म चल्ने उक्त सम्मेलनको उद्घाटन स्वास्थ्य मन्त्री मन्त्री मोहनबहादुर बस्नेतले गर्नेछन् । सम्मेलनमा स्वास्थ्यका विभिन्न सातवटा विषयमा छलफल हुने बताइएको छ ।

‘थर्ड एनएमए नेशनल हेल्थ समिट २०२३’ गुणस्तरीय स्वास्थ्य सेवाको प्रर्वद्धन अवसर र चुनौती भन्ने मुख्य सन्देशका साथ आयोजना हुँदैछ । यसमा दोस्रो राष्ट्रिय स्वास्थ्य तथा शिखर सम्मेलनका उपलब्धी, स्तरीय स्वास्थ्य सेवाका लागि गुणस्तरीय शिक्षा, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थााको सुरक्षासम्बन्धी ऐन कार्यान्वयनमा चुनौती, सुरक्षित स्वास्थ्य सेवा प्रवाहको सबलीकरण,स्वास्थ्य सेवा प्रणालीको उन्नयनका लागि स्वास्थ्य अर्थतन्त्र,प्रतिजैविक प्रतिरोध औषधिको उचित प्रयोग,समान सेवाका लागि स्वास्थ्य प्रणाली लगायतका विषयको छलफलमा केन्द्रित हुनेछ,’ सम्मेलन आयोजक समितिका अध्यक्ष प्राडा चोपलाल भुसालले भने ।

सम्मेलनको समापन पश्चात् वैज्ञानिक रुपमा प्रस्तुत गरिएका कार्यपत्र, छलफल र निचोडलाई एकीकृत गरी रणनीतिमुलक नीतिगत सुझाव स्वास्थ्य मन्त्रालय तथा देशभरका सरोकारवाला निकायमा सम्प्रेषण गरिने संघका अध्यक्ष डा अनिल विक्रम कार्कीले बताए ।

सम्मेलनको मुख्य सन्देशमा विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा राजेश सम्भाजी राव पाण्डवले  ‘की नोट स्पिच’ दिने बताइएको छ।

‘यसअघि विशेष कारणले स्थगित भएको सस्म्मेलन पुन हुन गईरहेको छ । यसको सम्पूर्ण तयारी समेत पुरा भईसकेको छ । सम्मेलनमा करीव तीन सय जनाको उपस्थिति हुने आँकलन गरिएको छ,’ संघका महासचिव डा सञ्जीव तिवारीले बताए । उनले यो सम्मेलनले देशको स्वास्थ्य क्षेत्रका लागि नीतिगत रुपमा नै सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *