बर्दियामा आगलागीमा परि ३ बालबालिकासहित ४ जनाको मृत्यु

92
Shares
आगलागीमा परेको घर । तस्विर : जिल्ला प्रहरी कार्यालय बर्दिया

काठमाडौँ, ९ मंसिर । बर्दियामा आगलागी हुँदा एकै घरमा रहेका चार जनाको मृत्यु भएको छ । एक जना भने सख्त घाइते भएको प्रहरीले जनाएको छ ।

गुलरिया नगरपालिका- ४ तुलापुरस्थित एक घरमा आगलागी हुँदा तीन बालबालिकासहित चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।

शुक्रबार राति ११ बजेतिर भरत चन्दको घरमा आगलागी भएको थियो ।

आगलागी हुँदा घरमा सुतिरहेका ७ वर्षीय बालक कृष चन्द, १८ महिनाका कार्तिक चन्द, ९ वर्षीया बाललिका मानसी बुढा र ३६ वर्षीया राधा बुढाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक तुल्सिराम अर्यालले बताए ।

गम्भीर घाइते भएकी २७ वर्षीया करिष्मा चन्दको जिल्ला अस्पताल बर्दियामा उपचार भैरहेको छ ।

इटामाटोले बनेको र टायलले छाएको घरको एउटा कोठा आगलागी हुँदा जलेर पूर्ण क्षति भएको प्रहरीले जनाएको छ । उसले घटनाको अनुन्धान गरिरहेको समेत बताएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *