सेती प्रादेशिक अस्पतालमा सिकलसेलको परीक्षण निःशुल्क

72
Shares

काठमाडौँ, ६ मंसिर । धनगढीस्थित सेती प्रादेशिक अस्पतालले मंगलबारदेखि सिकलसेल एनिमियाको निदानका लागि प्रयोगशाला जाँच नि:शुल्क गर्ने भएको छ ।

प्रादेशिक अस्पतालले एक सूचना जारी गर्दै सिकलसेल एनिमियासम्बन्धी निदानका लागि गरिने प्रयोगशाला जाँच (इलेक्ट्रोफोरोसिस) को नि:शुल्क गरिने जनाएको हो । यसअघि उक्त परिक्षण गर्न एक हजार शुल्क लाग्ने गरेको थियो ।

अस्पतालले जारी गरेको सूचनामा भनिएको छ, ‘अस्पतालको सामाजिक सेवा एकाइ ९कोठा नम्बर २४० बाट मंसिर ५ गतेदेखि नि:शुल्क जाँच गरिने छ ।’

सिकलसेल एनिमियाका बिरामीले बाहिर परीक्षण गर्दा महङ्गो शुल्क तिर्नुपर्ने बाध्यता हटाउन भन्दै अस्पतालले आन्तरिक स्रोत तथा प्रदेश र संघ सरकारबाट प्राप्त हुने बजेटबाट स्रोत जुटाएर निःशुल्क परीक्षण गराउने व्यवस्था गरेको जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *