अतुल मिश्रलाई नाष्टको विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार

काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले यसवर्षको विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार अतुल मिश्रलाई प्रदान गर्ने भएको छ ।
५० हजार रुपैयाँ नगद र सम्मान पत्र सहितको उक्त पुरस्कार हरेक वर्ष विज्ञान र प्रविधिको क्षेत्रमा उत्कृष्ट काम गर्ने एक जना पत्रकारलाई प्रदान गरिन्छ ।
नाष्टको ४६ औं प्राज्ञसभाले उक्त निर्णय गरेको हो ।
तीन दशक देखी पत्रकारिता क्षेत्रमा क्रियाशील मिश्र गत २७ वर्ष देखि स्वास्थ्य र विज्ञान विषयमा कलम चलाउँदै आएका छन् । उनी कान्तिपुर दैनिकमा चिफ सब इडिटरको रुपमा कार्यरत छन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

