धनगढीको सारथी अस्पतालमा आगलागी

280
Shares

धनगढी, २ मंसिर । धनगढीको सारथी अस्पताल गएराती आगलागीमा परेको छ । खाद्य संस्थानको भवनमा रहेको १५ शैय्याको सो अस्पतालमा सँगै जोडिएको भण्डारी सुज सेन्टरबाट सुरु भएको आगलागीले क्षति पुर्‍याएको हो ।

मध्य राती साढे १२ बजे भएको आगलागी नियन्त्रण गर्न धनगढी, गोदावरी र कञ्चनपुरको पुनर्वास नगरपालिकाका चार वटा दमकल परिचालन गरिएको थियो । साथै, प्रहरी, सशस्त्र प्रहरी र सेनाको टोलीसमेत खटिएको थियो ।

अस्पतालका सञ्चालक वेदप्रकाश जोशीका अनुसार अस्पतालमा आगलागी भएपछि उपचाररत सबै बिरामीलाई राती नै सेती प्रादेशिक अस्पतालमा सारिएको छ । सो अस्पतालमा पाँच जना उपचाररत थिए ।

‘अस्पतालको भौतिक संरचना नष्ट भयो तर बिरामीहरूलाई भने तत्काल सेतीमा सिफ्ट गर्‍यौं,’ जोशीले भने । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको भवनमा सारथी अस्पताल सञ्चालन हुँदै आएको थियो ।

प्रहरीले भण्डारी सुज सेन्टरमा विद्युत् सर्टपछि आगलागी भएको प्रारम्भिक निस्कर्ष निकालेको छ । सो आगलागीमा अस्पताल र सँगै जोडिएका अन्य ८ वटा पसलमा समेत क्षति भएको भएको छ ।

तस्विर : रमेश ऐडी

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *