जान्नुहोस् स्वास्थ्य सम्बन्धी २१ पुराना कथन

अहिलेको समयमा आफ्नो स्वास्थ्यको विषयमा हरेक व्यक्ति चिन्तित देखिन्छ । बढी चिन्तित देखिने व्यक्तिहरुले चिकित्सक तथा स्वास्थ्य कर्मीसंग सल्लाह लिने र त्यसको अनुसरण गर्ने काम पनि गर्दछन् ।

तर, स्वास्थ्य सम्वन्धी सल्लाह वा स्वास्थ्य जोडिएको कथन अहिले मात्रै होईन पहिले देखि नै आउने गरेको थियो । ती कथनहरुको अनुशरण गर्ने व्यक्ति स्वस्थ रहेका थिए भन्ने पुराना ऐतिहासिक दस्तावेज र ग्रन्थहरुले बताएको छ ।

साच्चिकै आज पनि ती कथनहरु सुन्दा स्वास्थ्यका लागि निकै नै उपयोगी देखिन्छ ।

हेर्नुहोस् स्वास्थ्य सम्वन्धी २१ पुराना कथनहरु

१. अजीर्ण भोजन विषम्

  • धेरै खानु (कोचि कोचि) स्वास्थ्यको लागि हानिकारक हुन्छ । अपच हुने गरी खानु भनेको विष सरह हो ।

२. अर्धरोगहारी निद्रा

  • सहि किसिमको निन्द्राले आधा रोग निको हुन्छ।

३. मूढगढाल्ली गढव्याली

  • सबै दालहरु भन्दा हरियो चना उपयोग गर्नु उत्तम हुन्छ । यसले रोगसँग लड्ने क्षमता बढाउछ ।

४. बागनास्थी संधानकारो रसोनहा

  • लसुनले मर्केको हड्डी समेत जोड्न सक्दछ ।

५.  अति सर्वत्र वर्जयेत 

  • कुनै पनि चिज धेरै उपभोग गरियो भने यसले स्वास्थ्यलाई राम्रो गर्दैन । त्यसैले अति नगर्नु ।

६. नास्थिमूलम अनौषधाम्

  • शरीरलाई फाइदा गर्ने औषधिय गुण नभएको सागपात तरकारी हुदैन ।

७. नां वैध्यः प्रभुरायुशाह

  • कुनै पनि चिकित्सक हाम्रो दीर्घ जीवनको मालिक होइनन् । चिकित्सकको पनि सिमा हुन्छ ।

८. चिंता व्याधि प्रकाश्य 

  • चिन्ताले अस्वस्थतालाई बढाउछ ।

९. व्यायामच्छ सनैही सनैही

  • कुनै पनि व्यायाम विस्तारै गर्नु । हतारले गरेको व्यायाम स्वास्थ्यको लागि हितकर हुदैन ।

१०. अजावथ चर्वनाम् कुर्यात् 

  • आफ्नो खानालाई बाखाले जस्तै चपाउ। हतारमा खाना ननिल। चपाउदा निस्कने ऱ्यालनै पहिलो पाचन हो ।

११.  स्नानम् नामा मानहप्रसाधनकरम् धुस्वप्न विध्वसनम्

  • नुहाउनाले डिप्रेशनलाई हटाउछ र खराब सपना भगाउछ ।

१२. ना स्नानम् आचारेठ भुक्थवा

  • खाना खाने वित्तिकै नुहाउने काम कहिले पनि नगर यसले पाचनलाई असर गर्दछ ।

१३. नास्थि मेघासमाम थोयम

  • शुद्धतामा आकाशबाट बर्षेको पानी जस्तो अरु कुनै हुदैन ।

१४. अजीर्णे भेषजम वारी

  • अपच भयो भने साधा पानी पिउदा पनि ठिक हुन सक्छ।

१५. सर्वत्र नूथनाम् सस्थाम सेवकाने पुरंथनम

  • सधै ताजा खाने गर । बासी खाना र पुरानो चाकरलाई विस्थापन गर्नु पर्दछ। (चाकरलाई काम बदल्ने)

१६.  नित्यम् सर्वा रास्सभ्याश

  • सबै स्वाद युक्त पूर्ण खाना खाउ ।

१७.  जटाराम पूरायेधरधाम अन्नाहि

  • तिम्रो पेटलाई ठोस खानाले आधा भर। एक चौथाइ पानी वा झोल पदार्थले भर र एक चौथाई खाली राख ।

१८. भुक्थवोपा विसथास्थंद्र

  • खाना खाइ सकेपछि अल्छी गरी नबस। कम्तिमा आधा घण्टा हिड ।

१९. क्षुथ साधुथाम जनयथि

  • भोकले खानाको स्वाद बढाउछ (भोक मिठो) अर्थात भोक लागे पछि मात्र खाउ ।

२०. चिंता जर्रानाम मनुष्याणम्

  • चिन्ताले मानिसलाई छिटै बुढो बनाउछ ।

२१. साथम विहाया भोक्ताव्यम्

  • खाने समय भए पछि सय काम पनि छोडेर खाउ ।

#स्वास्थ्य सम्वन्धी समाचार, बिचार र सूचना सहज रुपमा पाउनका लागि हाम्रो फेसबुक पेज यहाँ लाइक गर्न नभुल्नुहोला ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *