कान्तिपुर डेन्टल हस्पिटलमा रक्तदान कार्यक्रम सम्पन्न

188
Shares

काठमाडौँ, २२कात्तिक । रक्त अभावको समस्यालाई न्युनिकरण गर्ने उदेश्यले ‘द रोट्रयाक क्लव अफ कान्तिपुर डेन्टल कलेज’ले सोमबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

बसुन्धरास्थित केडीसी अस्पताल परिसरमा भएको उक्त कार्यक्रम कान्तिपुर डेन्टल हस्पिटल र नेपाल रेडक्रस सोसाइटीसंगको सहकार्यमा भएको थियो ।

उक्त अवसरमा २७ जनाले रक्तदान गरेको रोट्रयाक्ट प्रेसिडेन्ट रिया थापाले बताईन् ।

‘यतिवेला देशमा रगत अभाव भएको सुनिएको छ । काठमाडौँ उपत्यकामा पनि रगतको समस्या भएको व्लड बैंकहरुले बताउन थालेका छन्, यसैले बिरामीका लागि थोरै भएपनि सहयोग होस भन्ने उद्धेश्यले यो रक्तदान कार्यक्रम गरेका हौँ ‘ उनले भनिन् ।

संकलित रगतलाई नेपाल रेडक्रसको केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र व्लड बैंकमा पठाइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *