कान्तिपुर डेन्टल हस्पिटलमा रक्तदान कार्यक्रम सम्पन्न

188
Shares

काठमाडौँ, २२कात्तिक । रक्त अभावको समस्यालाई न्युनिकरण गर्ने उदेश्यले ‘द रोट्रयाक क्लव अफ कान्तिपुर डेन्टल कलेज’ले सोमबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

बसुन्धरास्थित केडीसी अस्पताल परिसरमा भएको उक्त कार्यक्रम कान्तिपुर डेन्टल हस्पिटल र नेपाल रेडक्रस सोसाइटीसंगको सहकार्यमा भएको थियो ।

उक्त अवसरमा २७ जनाले रक्तदान गरेको रोट्रयाक्ट प्रेसिडेन्ट रिया थापाले बताईन् ।

‘यतिवेला देशमा रगत अभाव भएको सुनिएको छ । काठमाडौँ उपत्यकामा पनि रगतको समस्या भएको व्लड बैंकहरुले बताउन थालेका छन्, यसैले बिरामीका लागि थोरै भएपनि सहयोग होस भन्ने उद्धेश्यले यो रक्तदान कार्यक्रम गरेका हौँ ‘ उनले भनिन् ।

संकलित रगतलाई नेपाल रेडक्रसको केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र व्लड बैंकमा पठाइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *