भूकम्पले भवन क्षतिग्रस्त भएपछि खुल्ला चौरमा स्वास्थ्य सेवा

80
Shares

जाजरकोट, १९ कात्तिक । भूकम्पको केन्द्र विन्दु रहेको बारेकोटका स्वास्थ्य संस्थाको भौतिक संरचनमा क्षति पुगेपछि यतिबेला खुला चौरमा सेवा सुरु गरिएको छ ।

दश शय्याको अस्पतालको रुपमा विकास भएको लिम्सास्थित स्वास्थ्य संस्थाको भवन भूकम्पका कारण भत्किएपछि खुला स्थानमा सेवा सुरु गरिएको हो ।

गाउँपालिकाको आधाभूत स्वास्थ्य तथा सरसफाइ सेवा समेत खुल्ला चौरमै दिनुपरेको वरिष्ठ अनमी कल्पना रोकायले बताए । भूकम्पले भवन चर्काएपछि एम्बुलेन्स राख्न स्थानमा आवश्यक उपकरणको व्यवस्था गरी घाइतेका उपचार सुरु गरिएको उनको भनाइ छ ।

जाजरकोटका विभिन्न स्थानमा अहिले पनि भूकम्पका पराकम्पन गइरहेकोले सेवा प्रवाहमा समस्या भएको उनले बताए । भूकम्पको केन्द्रविन्दु रामीडाँडा गाउँपालिकाको केन्द्रबाट झण्डै चार किलोमिटरको दुरीमा पर्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *