भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा औषधि व्यवसायी डा. अन्सारीको सहयोग, पठाए औषधि, कपडा र त्रिपाल

176
Shares

काठमाडौँ, १८ कात्तिक । गएराती गएको भूकम्पबाट बढी प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमका लागि औषधि व्यवसायी डा. अवुल हुसेन अन्सारीले सहयोग गरेका छन् ।

उनले व्यक्तिगत खर्चमा आकस्मिक उपचारमा प्रयोग हुने औषधि तथा स्वास्थ्य सामग्री, त्रिपाल, लत्ताकपडा तथा केही खाद्यन्नहरु त्यसतर्फ पठाएका हुन् ।

‘कर्णालीबासी हाम्रा दाजुभाई विपत्तीमा पर्नु भएको छ । यस्तो बेलामा सहयोग नगरी बस्न सकिदैन । त्यसैले मैले मेरो तर्फबाट आज केही औषधि, त्रिपाल, तत्ता कपडा र केही खाद्यन्न पठाएको छु । यहाँबाट सामग्री लोड गरेको गाडी त्यसतर्फ लागिसकेको छ । स्थानीय प्रशासनसंग समन्वय गरेर ति सामग्री वितरण हुन्छ ‘ उनले भने ।

डा. अन्सारीले यसअघि कोभिड – १९ को महामारी, डेंगीको प्रकोप भएका बेला पनि औषधि तथा अन्य स्वास्थ्य सामग्री उपलव्ध गराई मानवीय सेवामा जुटेका थिए ।

‘यस्ता प्रकोप विपत्ती जसलाई पनि पर्न सक्छ । हामी नेपाली आपसी भाइचारामा विश्वास गर्दछौँ । त्यसैले यो सानो सहयोग मैले गरेको हुँ आवश्यकता अनुसार सरकार र विभिन्न संघसंस्थासंग मिलेर थप सहयोग पठाउने कोशिष गर्दैछु,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *