बागमती प्रदेश सरकारले जाजरकोट भूकम्प पीडितको उपचारका लागि १ करोड ५० लाख रुपैयाँ उपलव्ध गराउने

24
Shares

हेटौँडा । बागमती प्रदेश सरकारले जाजरकोटका भूकम्प पीडितहरुलाई राहत स्वरुप एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

शुक्रबार राती कर्णाली प्रदेश अन्तर्गत जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट पीडितहरु लागि राहात, उद्धार, र पुनर्निर्माणको लागि बागमती प्रदेश सरकारले उक्त रकम सहयोग गर्ने निर्णय गरेको भौतिक पूर्वाधार मन्त्री युवराज दुलालले बताए।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको नेतृत्वमा बसेको आपतकालीन बैठकले कर्णाली प्रदेश सरकारलाई राहत र उद्धारमा सहयोग गर्न सो रकम उपलब्ध गराउने निर्णय गरेको हो।

उनका अनुसार आवश्यक प्रक्रिया पूरा गरी केही दिनमा नै उक्त रकम कर्णाली सरकारलाई हस्तान्तरण गरिने छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *