धनगढी उपमहानगरद्धारा १० प्रतिशत निशुल्क शैय्या कार्यान्वयन नगर्ने १२ निजी अस्पताललाई कार्वाहीको चेतावनी
कैलाली, १६ कात्तिक । धनगढी उपमहानगरपालिकाले अस्पतालमा आउने विपन्न , असहाय र बेवारिसे बिरामीका लागि छुट्याउनु पर्ने १० प्रतिशत निशुल्क शैय्या सम्वन्धी व्यवस्था कार्यान्वयन गर्न नगर भित्रका १२ वटा निजी अस्पताललाई पुन: ध्यानाकर्षण गराएको छ ।
उपमहानगरपालिकाले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ को दफा ७० (घ) मा भएको व्यवस्था कार्यान्वयनका लागि ध्यानाकर्षण गराएको हो ।
उसले निर्देशिकामा भएको व्यवस्था कार्यान्वयन यसअघि पटक पटक लिखित जानकारी गराए पनि ती अस्पतालहरुले कार्यान्वयन नगरेको भन्दै अब पनि अटेरी गरेमा कानून अनुसार कार्वाही गरिने चेतावनी दिएको छ ।
उपमहानगरपालिकाले १० प्रतिशत शैय्या निशुल्क गर्ने सम्वन्धी व्यवस्था कार्यान्वयन नगर्ने अस्पतालहरुको सूची समेत सार्वजनिक गरेको छ ।
ती अस्पतालहरुमा मायामेट्रो अस्पताल प्रालि, निसर्ग अस्पताल एण्ड रिसर्च सेन्टर प्रालि, नवजीवन अस्पताल प्रालि, केजी अस्पताल प्रालि, कैलाली अस्पताल प्रालि, सौभाग्य अस्पताल तथा रिसर्च सेन्टर प्रालि रहेका छन् ।
यस्तै स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पताल प्रालि, सीपी अस्पताल प्रालि, ओम आशा अस्प्ताल प्रालि, नोभा अस्पताल प्रालि, सारथी अस्पताल प्रालि र धनगढी नेत्रालय प्रालि रहेका छन् ।

सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

