केडीसीको प्राविधिक सहयोगमा चाँदबाग स्कुलमा आँखा तथा दन्त परीक्षण शिविर

236
Shares

काठमाडौँ, १५ कात्तिक । चाँदबाग स्कुलमा आज विद्यार्थी तथा शिक्षकहरुको आँखा तथा दन्त परीक्षण भएको छ । चाँदबाग स्कुलको आयोजना तथा बसुन्धारास्थित केडीसी अस्पतालको प्राविधिक सहयोगमा विद्यार्थी, शिक्षक तथा कर्मचारीको आँखा तथा दन्त परीक्षण गरिएको हो ।

सो क्रममा ५ देखि ५२ वर्ष उमेर समूहका ८१० जनाले सेवा लिएका थिए । केडीसीका अनुसार परीक्षणमा ५०५ जना डेन्टल र ३०५ जनाले आँखाको जाँच गराएका थिए ।

आँखाको परीक्षण गराउनेहरुमध्ये धेरै जनामा दृष्टि दोषको समस्या, दन्त परीक्षण गराउनेहरुमा किराले खाने समस्या भएको केडीसीकी गृष्मा पाण्डेले जानकारी दिईन् ।

केडीसीले विद्यालय, क्लव, तथा समुदायस्तरमा आँखा तथा दन्त परीक्षणको शिविरहरु नियमित जसो गर्दै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *