इजरायल जाने तयारीमा रहेका २४ जना नेपाली कामदारलाई तत्काल यात्रा नगर्न श्रम मन्त्रालयको आग्रह

काठमाडौँ, २३ असोज । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका लागि भोली बुधबार इजरायल जाने अनुमती पाएका २४ जना नेपालीलाई कामदारलाई तत्काल त्यहाँ नजान आग्रह गरेको छ ।

मन्त्रालयले एक सूचना जारी गर्दै श्रम सम्झौता बमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका लागि छनोट भएका २४ जना नेपालीलाई तत्काल यात्रा नगर्न अनुरोध गरेको हो ।

भिसासमेत प्राप्त गरिसकेका २४ जना कामदारको यसअघि नै बुधबार बिहान १ बजे उडानको समय तोकिएको थियो

इजरायलमाथि प्यालेस्टाइनको इस्लामिक समूह हमासले गरेको आक्रमणपछि त्यहाँ तनावको अवस्था रहेकाले तत्काल यात्रा नगर्न मन्त्रालयले अनुरोध गरेको हो । हमास समुहले गरेको आक्रममाण १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका छन् । भने हजारौं नागरिकहरु प्रभावित भएका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *