इजरायलमा रहेका नेपालीहरुलाई सुरक्षित स्थानमा सार्ने उपाय खोज्ने निर्णय
काठमाडौँ, २२ असोज । परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठकले सरकारले इजरायलमा रहेका नेपालीहरुलाई सुरक्षित स्थानमा सार्ने उपाय खोज्ने निर्णय गरेको छ ।
परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा गठित समन्वय संयन्त्रको बैठकले नेपालीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने उपाय खोज्ने निर्णय गरेको हो ।
साथै प्यालेस्टाइनको कट्टरपन्थी समूह हमासले हिजो इजराइलमाथि गरेको आक्रमणमा परि कम्तीमा १० जना नेपालीको नेपालीको ज्यान गएको छ ।
मृत्यु हुनेहरुमा सबै विद्यार्थीहरु हुन् । उनीहरु इजराइलको सेदोत नेगेभको किवुज अलुमिनम क्षेत्रमा रहेका थिए ।
शव ल्याउन जहाज तयारी अवस्थामा राख्ने र इजरायली पक्षसँग समन्वय गर्ने निर्णय समेत भएको मन्त्रालय स्रोतले बताएको छ ।
नेपाल सरकारले आइतबार मन्त्री साउदको संयोजकत्वमा संयन्त्र गठन गरेको थियो। संयन्त्रले निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्याङ्कन गरेर नेपाली नागरिकको अवस्था पहिचान र उद्धार गर्नुपर्ने अवस्थामा उक्त कार्यसमेत गर्नका लागि आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्ने लगायतका सम्पूर्ण कामहरु गर्ने छ ।
सम्पर्क इमेल : [email protected]