नर्सिङ लाइसेन्सको परीक्षा ९ मंसिरमा

काठमाडौँ, १८ असोज। नेपाल नर्सिङ परिषद्ले नाम दर्ता प्रमाणपत्र (नर्सिङ लाइसेन्स) परीक्षा आगामी ९ मंसिरमा सञ्चालन गर्ने भएको छ ।

परिषद्ले बिहीबार एक सूचना प्रकाशित गर्दै परीक्षार्थीले नर्सिङ लाइसेन्स परीक्षाको लागि नियमित दस्तुरमा २१ असोजदेखि २० कात्तिकसम्म फारम भर्नुपर्ने र दोब्बर दस्तुरमा २१ कात्तिकदेखि २३ कात्तिकसम्म फारम भर्न पाइने जनाएको छ । ।

परीक्षार्थी आफैंले अनलाइन फारम भर्नुपर्ने र परीक्षा फारम भर्दा परीक्षार्थीको आफ्नै इमेल र मोबाइल नम्बर प्रयोग गर्नुपर्ने छ । परीक्षा फारम दस्तुर नियमित तर्फ तीन हजार १ सय रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *