सरकार र आन्दोलनरत चिकित्सकबीच छ बुँदे सहमति, आन्दोलन फिर्ता
काठमाडौँ, १३ असोज । सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति भएको छ । सरकार र आन्दोलनरत पक्षबीच गृह मन्त्रालयमा भर्खरै सम्पन्न बार्तामा छ बुँदे सहमति भएपछि चिकित्सकहरुले गत पाँच दिन देखि जारी आफ्नो आन्दोलन फिर्ता लिने निर्णय गरेको हो ।
छ बुँदे सहमतिमा सरकारका तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव डा दीपेन्द्ररमण सिंह र आन्दोलनरत चिकित्सकका तर्फबाट डा शेषराज घिमिरेले हस्ताक्षर गरेका छन् ।
सहमतिमा स्वास्थ्यकर्मीमाथि कुटपिट तथा आक्रमण गर्ने विरुद्ध स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्वन्धी ऐन अनुसार कार्वाही गर्ने, स्वास्थ्य संस्थाहरुमा सुरक्षाको थप भरपर्दो व्यवस्था मिलाउने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐनमा थप संसोधन गर्नका लागि एक साता भित्रै प्रक्रिया अघि बढाउने, सुविधाहरुमा एकरुपता ल्याउन समिति गठन गर्ने, कुटपिटको घटनाको कारक तत्व पहिचान गर्न उच्चस्तरीय कार्यदल गठन गर्ने लगायतका छन् ।
यसअघि समितिले आज दिउसो बृहत प्रदर्शन गरेको थियो । अपरान्ह भने सरकारले बार्तामा बोलाई सहमति गरेको हो ।
सम्पर्क इमेल : [email protected]