चिकित्सक लाइसेन्स परीक्षाको नतिजा प्रकाशित, ४९ प्रतिशत पास

काठमाडौँ, १२ असोज ।  नेपाल मेडिकल काउन्सिलले गत बुधबार देखि सुरु गरेको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षामा ४८.९२ प्रतिशत उत्तीर्ण भएका छन् ।

काउन्सिलले केही वेर अघि प्रकाशित गरेको नतिजा अनुसार एमबीबीएस तर्फ ४४.४० प्रतिशत र बीडीएस तर्फ ५३.४४ प्रतिशत उत्तीर्ण भएका हुन् ।

काउन्सिल प्रवक्ता डा कृष्णप्रसाद अधिकारीका अनुसार एमबीबीएस तर्फ लाइसेन्स परीक्षा दिनका लागि कुल १ हजार ५१३ जनाले फारम भरेका थिए । त्यसमध्ये १ हजार ४९१ जना सहभागी भएका थिए । जसमा ६६२ जना उत्तीर्ण भएका छन् । काउन्सिलमा परीक्षामा २२ जना गयल भएको र ३ जनाको नतिजा वीथहेल्डमा राखिएको जनाएको छ ।

यस्तै बीडीएस तर्फ कुल ३२२ जनाले फारम भरे पनि ३२० जनाले परीक्षामा सहभागीता जनाएका थिए । त्यसमध्ये १७१ जना पास भएका छन् । काउन्सिलले २ जना गयल र २ जनाको नतिजा वीथहेल्डमा राखिएको जनाएको छ ।

यो परीक्षा पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन् संस्थानमा भएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *