चिकित्सकमाथि आक्रमण गर्नेमाथि कारबाही गर्न संसदीय समितिको निर्देशन
काठमाडोँ, १२ असोज । सुरक्षाको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिईरहेका बेला शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।
आज बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो ।
आजको बैठकमा समितिका पदाधिकारी तथा सदस्य सहित स्वास्थ्यका पेशागत संघ संस्थामा आवद्ध प्रतिनिधि तथा सरकारी अधिकारीहरुको उपस्थिति थियो ।
‘चिकित्सकमाथी दुर्व्यवहार गर्नेलाई कारबाही गर्न र हिंसारहित, भयरहित वातावरण तयार पार्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने, गृहमन्त्रालयलाई आग्रह गर्ने’ समिति सभापति भानुभक्त जोशीले भने ।
वार्ताबाट सहमति खोज्न पनि आन्दोलित चिकित्सक र सरकारलाई समितिले आग्रह गरेको छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले गरेका निर्णयहरू
सम्पर्क इमेल : [email protected]