‘सरकार र चिकित्सक संघबीच भएको ६ बुँदे सहमति पछि मेरा मनमा उठेका १२ बुँदा प्रश्नहरु’

– विष्णु लामिछाने

काठमाडौँ, १ असोज । हेटौँडास्थित सञ्चो अस्पतालमा कार्यरत दुई जना चिकित्सक माथि गत २७ भदौमा आक्रमण भएपछि नेपाल चिकित्सक संघको आव्हानमा ३१ भदौ (हिजो) देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा ठप्प रहयो । त्यहि बीचमा चिकित्कस संघका प्रतिनिधिसंग सरकारले बार्ता ग र्‍यो र छ बुँदे सहमति भयो । सहमति पछि चिकित्सकहरुको आन्दोलन स्थगित भएको छ ।

सेवा नै ठप्प पारेर गरेको आन्दोलन र बार्ता पछि भएका सहमतिका बुँदाहरुका विषयमा मिश्रित टिप्पणी आएको छ । कतिपयले यति साधारण कुराहरुमा सहमति गर्ने संघले सेवा बन्द जस्तो अन्तिम विकल्पमा किन हात हाल्यो भनेर टिप्पणी गरेका छन्, कतिपयले सहमतिलाई ठिकै हो पनि भनेका छन् ।

एक जना स्वास्थ्यकर्मी विष्णु लामिछानेले भने सहमति पछि बार्तामा बसेका टोलीहरुमाथि १२ वटा प्रश्न तेर्स्र्याका छन् । पछिल्ला केही दिन यता स्वास्थ्य क्षेत्रमा भैरहेका र हुँदै गरेका घटनाक्रम र त्यससग जोडिएका विषयहरुमा उनले बार्तामा बसेका दुबै पक्षलाई बुँदागत रुपमा सोधेका छन् ।

हेर्नुहोस् उनका प्रश्नहरु :

१. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको छलफलमा सरकारी स्वास्थ्य संस्था र अस्पतालहरुको सेवा सुधारका विषयमा छलफल भयो कि भएन ?

२. सरकारी तलब खाएर यो वा त्यो बहानामा निजी स्वास्थ्य संस्थामा समय बिताउने चिकित्सकहरुका बारेमा छलफल भयो कि भएन ?

३. वीर अस्पताल र टिचिङ अस्पतालको आइसीयू बेड किन सर्वसाधारण नागरिकको पहुँचमा छैन ? यस विषयमा छलफल भयो कि भएन ?

४. ईमर्रजेन्सी अवस्थामा बाहिर जिल्लाबाट रेफर गरेर पठाइएको बिरामीको समेत वीर र टिचिङ अस्पतालमा अप्रेसन नभएर किन निजी अस्पतालमा पठाइन्छ ?

५. अस्पतालको ओपीडी समयमा नै पुरा समय नभेटिने चिकित्सकहरुलाई भेट्नका लागि सोर्स फोर्स लगाउन पर्ने दिनको अन्त्य कहिने हुन्छ ?

६. सरकारी अस्पतालमा १० हजार लाग्ने अप्रेशन चार्ज निजी अस्पतालमा ५० हजार हुन्छ किन ?

७. केही दिन अघि कान्ति बाल अस्पतालमा भएको जस्तो घटनाको दोषी को हो ? सरकार, चिकित्सक वा व्यवस्थापन पक्ष ?

८. स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी सुरक्षाको जिम्मा संघीय संरचनामा तत् तत् तहका सरकारहरुको हो कि सबै संघीय सरकारले मात्र जिम्मा लिने हो ?

९. गाउँको एउटा स्वास्थ्य चौकीमा न्यून ज्यालामा २४ सै घण्टा सुत्केरी सेवा दिन खटिएकी नर्सिङ कर्मचारी हुन वा रातको १२ बजे उठेर घरको छानाबाट खसेको ब्यक्तिलाई उपचार गर्न खटिएको पारामेडिक्सले पनि चिकित्सकहरुले झै ओभरटाइम भत्ता र सट्टा बिदाको दाबी कहिले गर्न पाउँछ ?

१०. एउटै अस्पतालमा खटिएको रात्रीकालिन डिउटीमा खटिएको चिकित्सकले स्टडी रुम, क्वाटर लगाएतको सुबिधा लिइरहँदा संगै डिउटीमा खटिएको नर्सिङ र पारामेडिक्स कर्मचारी बिरामी वार्ड संगैको टेवुल वा संगै जोडिएको बेडमा रात काट्नुपर्ने अवस्थाको अन्त्य कहिले हुन्छ ?

११. बिरामीलाई उपचार गर्ने क्रममा दिनहु नर्सिङ र पारामेडिक्स माथी हुने गालिगलौज , धरपकड र कुटपिटका घटनाहरु कहिल्यै बाहिर आउदैनन् आएमा पनि सरकारले चासो दिएको देखिदैन तर चिकित्सकहरु माथी भएको घटनाको सन्दर्भमा सेवा नै बन्द गरि हडताल सम्मको स्थिति देखिन्छ किन ?

१२. र, अन्त्यमा बिरामीलाई शुरुमा रिसिभ गर्ने देखि बिरामीको आफन्तहरुसग बढीजसो भिड्नुपर्ने र सम्पर्कमा हुने चाहिँ नर्सिङ र पारामेडिस्क नै हुन तर कुटाई खानेमा चाहिँ चिकित्सक पर्छन किन होला ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग यी र यस्तै प्रश्नहरुको बारेमा छलफल गर्ने कुनै निकाय, संघ वा नेतृत्व पनि छ की यो देशमा ? जय देश , श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

2 thoughts on “‘सरकार र चिकित्सक संघबीच भएको ६ बुँदे सहमति पछि मेरा मनमा उठेका १२ बुँदा प्रश्नहरु’

  1. Sarkar le pani nabhhujne Dr.saap haru le afno duhune matrai sojhaune kura samagra swasth ko garne aafu Lai matra ma tq xu bhanne yasto prampra hunjel sampurna swasthya byabastha damadol sthithi ma rahi rahne xa jay hos hamro desh ka swasthyakarmi ‘Dr.saap jyu haru ….?

Leave a Reply

Your email address will not be published. Required fields are marked *