भर्खरै जन्मिएको शिशु स्वस्थ छ भनेर कसरी थाहा पाउने ? आमा वा अभिभावकले के कुरामा ध्यान दिने ?

गर्भवतीहरुले सुत्केरी नहुँदासम्म कम्तिमा चार पटक गर्भवस्थाको जाँच गर्नु पर्छ भन्ने कुरा हिजो आज प्राय सबैलाई थाहा छ ।

सरकारले त्यसका लागि विभिन्न स्किम पनि ल्याएको छ भने स्थानीय पालिकाहरुले पनि गर्भ जाँचलाई प्राथमिकतामै पारेको देखिन्छ । तसर्थ पछिल्ला समयमा ग्रामीण क्षेत्रमा समेत गर्भवतीले नियमित परीक्षण गर्ने र सुत्केरी हुनका लागि स्वास्थ्य संस्था नै रोज्ने गरेका छन् ।

जब महिला सुत्केरी हुन्छिन् हामीलाई खुल्दुली लागि हाल्छ, के जन्म्यो होला ? छोरा कि छोरी ? तर कहिलेकाँही भने जन्मेका नवजात शिशुहरुमा बाबु हो कि नानु हो छुट्याउन पनि गाह्रो हुन्छ । प्रत्येक १० हजारमा १ जनाको जन्म यस्तो अवस्थाको हुने विभिन्न अनुसन्धानले पुष्टि गरेको छ ।

जन्मेको बच्चा स्वस्थ छ कि छैन भनेर कसरी थाहा पाउने ?
हामीकहाँ बच्चा जन्मिएपछि ढुक्क हुने चलन छ । तर कतिपय सामान्य कुरामा ध्यान नदिदा नवजात शिशुको जीवन जोखिममा पर्ने गरेको छ । अत नवजात शिशु स्वस्थ छ कि छैन् भनेर थाहा पाउन केही सकिने केही साधारण विधिहरु छन् ।

ती विधिहरु यसप्रकार छन् :

  • कुनै पनि बच्चाले जन्मेको २४ घण्टा भित्र गाडा हरियो दिसा गर्नुपर्छ । झट्ट हेर्दा कालो जस्तो पनि लाग्छ तर त्यो दिसा गाडा हरियो हुन्छ । २४ घण्टासम्म दिसा गरेन भने पेट फुलिरहेको छ भने त्यसमा सचेत हुनै पर्छ । आन्द्रामा समस्या वा नसाको कमी भयो भने चौविस घण्टामा दिसा नगर्न सक्छ । यस्तो बेलामा दुध खुवाई दियौँ भने बान्ता गर्न थाल्दछ ।
  • बच्चा अस्पताल वा स्वास्थ्यसंस्थामा जन्मेको छ भने दिसा पिसाप गर्ने प्वालहरु हेर्नुपर्छ । दिसाको प्वाल ठिक छ कि छैन ? ठिक ठाँउमा छ कि छैन् ? यस्तै पिसावको प्वाल पनि हुेर्नुपर्छ । यो झट्ट हेर्दा थाहा नहुन पनि सक्छ । स्वास्थ्यकर्मी तथा चिकित्सकले यसका लागि मद्धत गर्न सक्छन् । अस्पताल तथा स्वास्थ्य संस्थामा जन्मेका शिशुहरुको उनीहरुले हेर्छन पनि ।
  • धेरै जसो बच्चाले जन्मेको तीन चार घण्टा पछि पिसावगर्न थाल्छन कतिपयले २४ घण्टासम्म पनि नगर्न सक्छ । दिसा र पिसाव चौविस घण्टा भित्र गरिदियो भने त्यो राम्रो कुरा हो । बच्चामा जन्मजात ठूलो समस्या छैन भनेर बुझ्न सकिन्छ ।
  • बच्चा जन्मने वित्तिकै रुनु पर्छ । हामीले यसलाई अपगार स्कोर भन्दछौँ । यो नर्मल हुनुपर्छ अर्थात बच्चा जन्मेपछि रुनु पर्दछ । जन्मेपछि रोएको छ भने उसको स्वास्थ्य राम्रो छ भनेर मान्ने एउटा बलियो आधार हुन्छ ।
  • कुनै पनि बच्चा जन्मेपछि रोईहाल्ने कुरा फोक्सोको कार्य संग पनि जोडिएको हुन्छ । जव आमाको गर्भमा रहँदा फोक्सोको विकास हुन्छ । तर जब सुत्केरी पछि जन्मेको बच्चा जव रुन्छ नि त्यसपछि बल्ल खुम्चिएर बसेको फुक्न थाल्छ र फोक्सोले काम गर्न सुरु गर्छ ।
  • आमाको गर्भमा रहँदा फोक्सोले काम गर्नु पर्दैन सालनालबाट नै सबै काम भइरहेको हुन्छ । त्यसैले भनेको बच्चा बाहिर निस्कने वित्तिकै रुनु पर्छ । नरोएको बच्चा राम्रो मानिदैन । नराएको बच्चाले सास पनि फेर्दैन । त्यसले मस्तिष्कमा पनि अक्सिजनको कमि हुनसक्छ । त्यस्तो बच्चालाई कहिलेकाँही आइसीयूमा वा भेन्टिलेटरमा पनि राख्नु पर्न सक्छ ।
  • जन्मेपछि बच्चालाई आमाको छेउमा राख्नै पर्छ । कंगारु केयर भन्छन्, आमालाई यसले बच्चा र आमाबीचको आत्मिएता र ममता झनै बढाउँछ ।
  • हात खुट्टा ठिक छ कि छैन त्यो पनि ख्याल गर्नुपर्छ । कुनै बच्चा जन्मने वित्तिकै ओठ निलो भयो । सास पनि त्यति राम्ररी फेरेको छैन् भने यसको मतलव केही गडबड छ । ओठ गुलावी हुनुपर्छ । ओठ बैजनी रंगको देखियो भने त्यसलाई मेडिकल टर्ममा साइनोसिस भनिन्छ । त्यो चाहि राम्रो होइन । यस्तो लक्षणले मुटुमा वा फोक्सोमा समस्या छ कि भनेर थप चनाखो हुने र चिकित्सकलाई देखाउनु पर्छ ।
  • अर्को कुरा दुध सड्किनु भएन । दुध खुवाउँदा स्तनपानको पनि तरिका छ । पुरै सुताएर पनि खुवाउनु हुँदेन । आमा सुतेर बच्चालाई पनि सुताएर दुध खुवाउनुलाई राम्रो मानिदैन । दुध खुवाउँदा पनि तरिका छ । निप्पल पुरा बच्चाको मुखमा छिरेको हुनुपर्छ । दुधको निप्पलको वरिपरीको कालो भाग जसलाई एरिवला भनिन्छ । त्यो पनि छोपिनु पर्दछ । त्यसो भएको खण्डमा मात्रै बच्चाले राम्ररी दुध चुस्न सक्छ ।
  • यदि कुनै बच्चा दुध नखुवाई कन वा खुवाई सकेपछि हरियो बान्ता गर्दछ भने त्यो चाहि उसको आन्द्रामा केही समस्या छ कि भनेर बुझ्नु पर्छ ।
  • बच्चाको पिसावको कुरामा बाबु हो भने र पुरा नांगो छ भने मसिनो धारा पर सम्म जोडले पुरयाउँछ । यदि जोड हुन्छ कि हामीले नांङ्गै काखमा लिएको छ भने हाम्रो मुखसम्म पिसाव आइपुग्छ ।
  • कुनै बच्चा जन्मेपछि पिसाव फेर्दा अफ्टेरो मानिरहेको छ, तुरुत तुरुत नजिकै चुहाएको छ, पिसाव फेर्दा कनेको जस्तो छ भने पिसावको नलिमा पर्दाको समस्या हुनसक्छ ।
  • त्यस्तै बच्चा जन्मेको छ तर पेट एकदमै फुलेको छ । दिसा गरेको छैन वा सानो बच्चाको पेटमा डल्ला गाठा देखिएको छ भने पनि त्यो समस्या हुनसक्छ ।

कहिलेकाँही डाढ तथा हड्डीहरुमा आउने डल्ला डल्लीहरुलाई पनि विशेष ख्याल राख्नुपर्छ । नजिकको बालरोग विशेषज्ञ वा बाल शल्य चिकित्सकलाई देखाउन राम्रो हुन्छ । ट्युमर वा क्यान्सरको लक्षणको हुनसक्छ ।

यी समस्याहरु जति छिटो पत्ता लाग्यो उपचार र निको हुने सम्भावना उति छिटो र सहज हुन्छ ।

#प्राडा चौधरी बसुन्धरास्थित ईशान बाल तथा महिला अस्पतालमा कार्यरत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *