अर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत हुँदै : स्वास्थ्यको विषय के के पर्‍यो ? (अपडेट सहित)

काठमाडौँ, ६ जेठ । सरकारले आज आर्थिक वर्ष २०८०/०८१को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसदको दुवै सदनको सयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।

यसपटक नीति तथा कार्यक्रममा स्वास्थ्यका के विषय पर्‍यो ? हेर्नुहोस् 

१. हिमाली क्षेत्रमा आयोडिन युक्त नुनको ढुवानीलाई व्यवस्थित गरिनेछ ।

२. मेक इन नेपाल र मेड इन नेपाललाई अघि बढाइने छ । तिलगंगा आँखा अस्पतालबाट उत्पादित लेन्सलाई विश्व बजारका लागि प्रवद्र्धन गरिनेछ ।

३. दुर्गम जिल्लामा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको हवाई उद्धार कार्यलार्य थप व्यवस्थित गरिनेछ ।

४.जेष्ठ नागरिकलाई स्वास्थ्य तथा अन्य सेवा सुविधामा सहुलियत तथा छुट दिईनेछ ।

५. जेष्ठ नागरिक स्वास्थ्य सेवा सुरु भएका अस्पतालहरुलाई थप व्यवस्थित गरिनेछ ।

६.प्रदेश र क्षेत्रीय अस्पतालहरुलाई स्तरउन्नती गरी शिक्षण अस्पतालको रुपमा विकास गरिनेछ ।

७. व्यक्तिको शारीरिक मानसिक र बौद्यक विकासमा सहयोग पुरयाउन योग र ध्यान विषयलाई विद्यमान तथा उच्च शिक्षाको पाठ्यक्रममा समावेस गरी पठन पाठन हुने व्यवस्था मिलाइनेछ ।

८. गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गरिनेछ ।

९.स्वास्थ्य बीमा कार्यक्रमको पुनरावलोकन गरिनेछ ।

१०.प्रदेश स्तरमा सेन्टरफर एक्सिलेन्सको रुपमा राष्ट्रिय र प्रदेश स्तरीय टेलिमेडिसिन सेवा स्थापना गर्दै लगिने छ ।

११.प्रत्येक वडामा आधारभूत स्वास्थ्य परीक्षण तथा उपचार सहितको स्वास्थ्य केन्द्र स्थापना गरिनेछ ।

१२. असाहाय र जेष्ठ नागरिकलाई घर दैलोमै आधारभूत स्वास्थ्य सम्वन्धी सेवा प्रदान गरिनेछ ।

१३. आधारभूत अस्पतालहरुमा एक एमडीजीपी, एक महिला तथा प्रसुतिरोग विशेषज्ञ, कम्तीमा तीन जना मेडिकल अधिकृत, आवश्यक नर्स लगायतका प्राविधिक जनशक्ति, प्रयोगशालाका लागि आवश्यक उपकरण तथा सामग्री, एक्सरे, अल्ट्रासाउण्ड, इको, इसिजी, लगायतका डाइग्नोस्टिक उपकरण, अक्सिजन् सुविधा सहितको एम्बुलेन्स, उपलव्ध गराई सबै आधारभूत स्वास्थ्य सेवाको प्रवाह हुने व्यवस्था गरिनेछ ।

१४. सङ्क्रामक रोगविरुद्ध अभियान र नसर्ने रोगको उपचारका लागि विशेष कार्यक्रम सञ्‍चालन गरिनेछ।

१५. दुर्गम क्षेत्रमा समयमा उपचार नपाउँदा अल्पायुमै हुने मृत्युको क्रम रोक्न अति दुर्गम, सुदूरपश्‍चिमका पहाडी र कर्णाली प्रदेशका जिल्लामा दुई जिल्ला बराबर एक एयर एम्बुलेन्स सेवा नियमित सञ्‍चालन गरिनेछ। केन्द्रीकृत डाटाबेस सहितको राष्‍ट्रियएम्बुलेन्स सेवाको व्यवस्था मिलाइनेछ।

१६.जनशक्ति,‌उपकरण, औषधी,सेवाप्रवाहको गुणस्तर, समयावधि, व्यवस्थापन, सरसफाइ समेतका आधारमा सामुदायिक स्वास्थ्य संस्थाको मूल्याङ्‍कन गरिनेछ।

१७ नवजात शिशु र मातृ मृत्युदर बढी भएका स्थानीय तहमा मातृ तथा नवजात शिशु स्याहार एवं उपचार सेवाका लागि विशेष कार्यक्रम सञ्‍चालन गरिनेछ। स्वास्थ्य संस्थाहरूमा अटिजम रोगको निदान र उपचारको व्यवस्था मिलाइनेछ।

१८. महिलाहरूमा देखिने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको निःशुल्क शीघ्र पहिचान र प्रारम्भिक उपचारलाई विशेष कार्यक्रमको रूपमा क्रमशःदेशभर विस्तार गरिनेछ।

१९. सातै प्रदेशका सङ्‍घीय अस्पतालहरूमा बाँझोपन तथा निःसन्तान उपचार सेवा विस्तार गरिनेछ।प्रजनन स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्‍चितगरिनेछ। सबै पालिकाका वडामा रहेका सुत्केरी केन्द्रहरूको स्तरोन्‍नति गरिनेछ।

१९ प्रदेशस्तरको कम्तीमा एउटा अस्पताललाई मुटुको शल्यक्रिया र क्यान्सर रोग समेतको निदान हुनसक्नेसुपर स्पेशियालिटी अस्पतालको रूपमा विकास गर्न आवश्यक पूर्वाधार¸ प्रविधि र जनशक्तिको व्यवस्था गर्दै लगिनेछ।

२०. मेडिकल कलेजहरूलाई पूर्ण क्षमतामा सञ्‍चालन गरिनेछ। आगामी पाँच वर्षका लागि चिकित्सा क्षेत्रका विभिन्‍न विधामा मुलुकलाई आवश्यक पर्ने जनशक्तिको आकलन गरी तदनुरूप पठन­­(पाठनको व्यवस्था गरिनेछ।

२१. औषधी व्यवस्था विभागलाईखाद्य, औषधी तथा स्वास्थ्य प्रविधि विभागमा रूपान्तरण गरिनेछ। आधारभूत स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक ९८ प्रकारका औषधीस्वदेशमा नै उत्पादन गर्नेव्यवस्था मिलाइनेछ। औषधीजन्य तथा स्वास्थ्यजन्य सामग्रीहरू स्वदेशमै उत्पादन गरी आत्मनिर्भर हुन वित्तीय र अन्य सुविधा एवं सहुलियत उपलब्ध गराइनेछ।

२२. सिंहदरबार वैद्यखाना र जडीबुटी प्रशोधन केन्द्रको पुनःसंरचना गरी आयुर्वेदिक औषधीको उत्पादन र उपलब्धता वृद्धि गरिनेछ। आयुर्वेदिक अस्पतालहरूको सेवा प्रभावकारी बनाइनेछ।

२३. निजामती अस्पताल र सबै सङ्‍घीय अस्पतालहरूलाई शिक्षण अस्पतालको रूपमा विकास गरिनेछ। निजामती अस्पताललाई विशिष्टीकृत चिकित्सा सेवासहितको सुविधासम्पन्‍नअस्पतालका रूपमा विकास गर्दै क्रमशः सातवटै प्रदेशमा विस्तार गर्ने नीति लिइनेछ।

गेटा विश्‍वविद्यालयसम्बन्धी विधेयक यसै अधिवेशनमा प्रस्तुत गरिनेछ। उक्त अस्पताल यसै वर्ष सञ्‍चालनमा ल्याइनेछ।

२४. जनसङ्ख्याको असन्तुलित भौगोलिक वितरण¸ बुढ्यौलीउन्मुख जनसाङ्ख्यिक अवस्था¸ प्रतिस्थापन तहभन्दा तलको जनसङ्ख्यावृद्धिदर र बढ्दो आन्तरिक एवंबाह्‍य आप्रवासनले सामाजिक तथा आर्थिक जीवनमा पार्नसक्ने असरको आकलन र विश्‍लेषण गरिनेछ। हाल उपलब्ध जनसाङ्ख्यिक लाभलाई पूर्ण सदुपयोग गर्न तथा भविष्यमा मुलुकभित्र जनशक्ति अभाव हुन नदिनराष्‍ट्रिय जनसङ्ख्या नीतिमा पुनरावलोकन गरिनेछ।

२५. चिकित्सा शिक्षालाई एकीकृत र योजनाबद्धरूपमा विस्तार गर्न चिकित्सा शिक्षासम्बन्धी प्रतिष्‍ठानहरूलाई एकीकृत छाता ऐनअन्तर्गत सञ्‍चालन गरिनेछ। यससम्बन्धी विधेयक संसद्‍को यसै अधिवेशनमा पेश गरिनेछ। एकीकृत प्रतिष्‍ठानअन्तर्गत सबै प्रदेशमा मेडिकल कलेज स्थापना गरिनेछ।प्रदेश र क्षेत्रीय अस्पतालहरूको स्तरोन्‍नति गरी शिक्षण अस्पतालका रूपमा विकास गरिनेछ।

२६. व्यक्तिको शारीरिक¸ मानसिक र बौद्धिक विकासमा सहयोग पुर्‍याउन योग र ध्यान विषयलाई विद्यालय तथा उच्च शिक्षाको पाठ्यक्रममा समावेश गरी पठन(पाठन गर्ने व्यवस्था मिलाइनेछ।

२७. ज्येष्ठ नागरिकलाई स्वास्थ्य तथा अन्य सेवा सुविधामा छुट र सहुलियत प्रदान गरिनेछ। प्रदेश तथा स्थानीय तहको समन्वयमा प्रदेश तथा पालिकाहरूमा सुविधायुक्त ज्येष्ठद नागरिक आवास गृह सेवा तथा मिलन केन्द्र र आरोग्य आश्रमको निर्माण गरिनेछ। ज्येष्ठन नागरिक स्वास्थ्य सेवा सञ्चा्लन भएका अस्पताललाई थप सुदृढ गरिनेछ।

२८. दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाइनेछ।
आगलागी¸ डढेलो¸दुर्घटना र आपराधिक क्रियाकलापबाट सख्त घाइते भएकालाई शीघ्र उद्धार गरी उपचार गर्न एम्बुलेन्स¸ दमकल¸ सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मी एकीकृत रूपमा परिचालन हुनेगरी राष्‍ट्रिय एकीकृत आकस्मिक सेवा प्रणाली स्थापना गरी सञ्‍चालनमा ल्याइनेछ।

 

……..थप जानकारी केही बेरमा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *