नवनियुक्त स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतद्धारा पदवहाली
पदवहालीको क्रममा गरे ४ निर्णय
काठमाडौँ, २१ बैशाख । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पदवहाली गरेका छन् । केही वेर अघि स्वास्थ्य मन्त्रालयमा पुगेर उनले पदवहाली गरेका हुन् ।
यसअघि उनले राष्ट्रपति रामचन्द्र पौडेलसंग पद तथा गोपनियताको सपथ लिएका थिए । ।सपथ लगत्तै उनी मन्त्रालय आएर पदवहाली गरेका हुन् ।
पद वहालीको क्रममा मन्त्री बस्नेतले ४ वटा निर्णय गरेका छन्। मन्त्री बस्नेतले नियमित सेवाका अलावा कोरोना, डेंगु लगायतका सरुवा रोग फैलिन नदिन प्रदेश र स्थानीय तहका साथै दातृ निकायको समन्वयमा स्वास्थ्य उपचार विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका छन् ।
साथै उनले स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने र अस्पतालहरुमा उपचार सेवा र उपलब्ध साधन स्रोतको अधिकतम उपयोग भए नभएको अनुगमन गर्ने लगायतका निर्णय पनि गरेका छन् ।
गत १५ फागुनमा तत्कालिन स्वास्थ्य मन्त्री पदम गिरीले पदबाट राजिनामा दिएपछि सो मन्त्रालय मन्त्री विहीन थियो । स्वास्थ्यको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिएका थिए ।
बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री प्रचण्डलाई स्वास्थ्य सहित अरु तीनवटा मन्त्रालयमा आफ्नो पार्टीको तपर्ःबाट मन्त्री हुनेहरुको नाम पठाएका थिए ।
देउवाले नाम पठाउना साथ प्रचण्डले राष्ट्रपति समक्ष तीन नाम सिफारिस गरेका थिए । लगत्तै राष्ट्रपति कार्यालयबाट बस्नेतलाई स्वास्थ्य र धनराज गुरुङ न्याय कानून तथा संसदीय मामिला, डिकबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेको निर्णय सार्वजनिक भएको थियो ।
नव नियुक्त स्वास्थ्य मन्त्री बस्नेतको स्वास्थ्यमा दोस्रो पटक इन्ट्रि हो । उनी २२ वर्ष अघि अर्थात विसं २०५६ सालमा स्वास्थ्य मन्त्री शरद सिह भण्डारी भएका बेला स्वास्थ्य राज्यमन्त्रीको रुपमा रामशाहपथ छिरेका थिए ।
नव नियुक्त स्वास्थ्य मन्त्री बस्नेतले गत ४ मंसिरको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका थिए ।
यी हुन् ४ निर्णय
सम्पर्क इमेल : [email protected]