थाहा पाई राखौँ उपचारका क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीले प्रयोग गर्ने अंग्रेजी शब्दको अर्थहरु

काठमाडौँ । अस्पतालमा बिरामी जाँची सकेपछि चिकित्सकहरुले अंग्रेजी भाषामै स्वास्थ्य समस्याका बारेमा उल्लेख गरेका हुन्छन् । उनीहरुले अंग्रेजी भाषामै औषधि लेखिदिएका हुन्छन् । कहिलेकाँही डाक्टरले बोलिचालीकै भाषामा पनि ती मेडिकल ‘टर्म’ प्रयोग गर्ने गरेका हुन्छन् ।

आज हामीले अंग्रेजी बी र सी बाट बाट आउने कतिपय मेडिकल ‘टर्म’को नेपालीकरण प्रस्तुत गरेका छौँ । हामीले यसअघि नै   ( )   बाट आउने मेडिकल टर्महरु प्रस्तुत गरिसकेका छौँ ।

यो जानकारी हामीलाई नेपाल मधुमेही समाजल उपलव्ध गराएको हो ।

B (बी):

  • Bacteria (व्याक्टेरिया) – जीवाणु
  • Bariatric Surgery – अत्यधिक मोटोपना भएको व्यक्तिहरूमा मोटोपना घटाउनको
    लागि गरिने शल्यक्रिया
  • Basal Insulin (बेसल इन्सुलिन )-  खाली पेटको र खाना अधिको सुगर नियन्त्रण
    गर्ने एक प्रकारको इन्सुलिन
  • Basal Bolus Regimen – खाली पेटको र खांना पछिको सुगर नियन्त्रण गर्न
    Prandial र Basal इन्सुलिनको तालमेल
  • BD (bis in die) दिनको दुई पल्ट औषधी प्रयोग गर्ने
  • Beta cells (बिटाकोष) – प्यानक्रियाजमा भएको बिटाकोषले इन्सुलिन उत्पादन गर्दछ
  • Beta hydroxybutyrate (बिटा हाइड्रोक्सी व्युटाइरेट ) –  एक प्रकारको किटोन बडी
  • BMD (Bone Mineral Density) (बोन मिनरल डेन्ससिटी) –  हड्डीको घनत्व
  • BMI (Body Mass Index)  –  मोटोपनको अन्दाज गर्न शारीरिक तौल र उचाईको अनुपात
  • BMR (Basal Metabolic Rate) – आराम गरिरहेको बेलामा शरीरलाई चाहिने न्यूनतम ऊर्जा

C (सी):

  • CABG (Coronary Artery Bypass Graft)-  साँघुरिएको मुटुको रक्तनलीलाई बाइपास गर्न शरीरको अन्तबाट रक्तनली लगेर जोड्ने उपचार प्रविधि
  • CAD (Coronary Artery Disease)  आथेरोस्केलेरोसिसको कारणले मुटुको रक्तनलीहरू साँघुरो भएर हृदयघाट हुन सक्ने मुटु रोग ।
  • CAG (Coronary Angiogram) –  मुटुका रक्तनलीहरू साँघुरो भएको नभएको हेर्न परीक्षण
  • Calorie – खानाबाट आउने ऊर्जालाई मापन गर्ने एकाई वा युनिट
  • Capillaries – साना मसिना रक्तनलीहरू, ग्लुकोमिटरमा यी रक्तनलीहरूमा भएको सुगर मापन गर्दछ
  • Carbohydrate Counting – खानामा कार्बोहाइड्रेट कति छ भनेर परिमाण गणना गर्ने सीप
  • Cardiovascular Disease – मुटु तथा रक्तनलीहरूको रोग
  • Cataract – मोतिबिन्दु
  • ССВ (Calcium Channel Blockers) –  रक्तचाप नियन्त्रण गर्न प्रयोग हुने औषधी
  • Central Obesity – शरीरको बीच भाग पेटको वरीपरी हुने मोटोपना
  • CGMS (Continuous Glucose Monitoring System) निरन्तर सुगर मापन प्रणाली
  • Chemotherapy –  क्यानसर रोगको उपचारमा प्रयोग गरिने औषधी
  • Chronic Complications – विस्तारै विकास हुने र लामो समय रहने जटिलताहरू
  • Cl Ratio (Carbohydrate Insulin Ratio) – खाएको कार्बोहाइड्रेटबाट आउने सुगरलाई
  • Cirrhosis of liver – कलेजो काम गर्ने क्षमतामा गम्भीर कमी आउनुको साथै कलेजो कडा भएर जाने
  • CKD (Chronic Kidney Disease)- मिर्गौलाका दीर्घरोगी
  • Cognitive Dysfunction – दिमागले सामान्य र चुस्तरूपले सोच्न नसकेको अवस्था
  • Congenital – जन्मजात
  • Cortisol – इन्सुलिनको विपरीत काम गर्ने हर्मोन । यो हर्मोन एडरेनल ग्रन्थीबाट उत्पादन हुन्छ ।
  • Counter Regulatory Hormones – एक प्रकारको हर्मोन विरूद्ध काम गर्ने अर्को प्रकारको हर्मोन
  • C-Peptide Connecting Peptide –  शरीरमा इन्सुलिनको उत्पादन हुँदा इन्सुलिनसँगै आउने एउटा सानो अंश ।  C-Peptide को मापनले शरीरको इन्सुलिन उत्पादन र इन्सुलिनप्रतिरोधको मापन गर्न मिल्दछ ।
  • Creatinine – मिर्गौलाको रगत फिल्टर गर्ने क्षमता संकेत गर्ने तत्त्व
  • CSll pump (Continues Subcutaneous Insulin Infusion Pump CSI ) -पम्प एक प्रकारको इन्सुलिन पम्प जसले लगातार छाला मुनिबाट शरीरमा इन्सुलिन प्रदान गर्दछ ।
  • CT-Scan Comoputer Tomography Scan । शरीरको विभिन्न अंगको स्वास्थ्यको हिसाबले तस्बीर (रेडियोग्राफी) खिच्ने प्रविधि
  • Cushing Syndrome – कोरटिसोल हर्मोन बढी उत्पादन हुने रोग |
  • CXR (Chest X-ray)  छातीको एक्स रे
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *