पीजी भर्ना प्रक्रिया विवाद : विद्यार्थीको पक्षमा सर्बोच्चको फैसला

अन्तरिम आदेश विरुद्ध भ्याकेटमा गएको चिकित्सा शिक्षा आयोगको माग बमोजिम भएन

काठमाडौँ, ४ फागुन । सर्बोच्च अदालतले चिकित्सा शिक्षा स्नातकोत्तर तह(पीजी) को भर्ना प्रक्रियामा भएको विवादमा विद्यार्थीको पक्षमा फैसला सुनाएको छ ।

बिहीबार न्यायाधीशद्वय डा।आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको संयुक्त इजसालले अन्तरिम आदेश जारी रहने गरी फैसला सुनाएको हो ।

यो फैसलासंगै अब आयोगले पुरानै पुरानै अपग्रेड सिस्टमबाट भर्ना प्रक्रिया अघि बढाउनु पर्नेछ ।

यसअघि चिकित्सा शिक्षा आयोगले आफूखुशी कार्यविधि परिवर्तन गर्दै भर्ना प्रक्रिया अघि बढाएपछि विद्यार्थी डा विप्लभ लामिछानेले आयोगको नयाँ निर्णय विरुद्ध १४ पुसमा रिट दायर गरेका थिए ।

सो को प्रारम्भिक सुनुवाई गर्दै सर्बोच्चले १७ पुसमा पुरानै अपग्रेड सिस्टमको कार्यविधि लागू गर्न आयोगका नाममा अन्तरिम आदेश दिएको थियो । तर आयोगले अन्तरिम आदेश खारेजीको माग गर्दै २६ पुसमा पुन भ्याकेटमा गएको थियो । सोही भ्याकेटमा अन्तिम सुनुवाई गर्दै सर्बोच्चले आयोगको मागबमोजिम नहुने फैसला सुनाएको हो ।

भ्याकेटपछि सर्बोच्चले यस मुद्धाका लागि माघ ३, १०, १७, २४, २९ गतेका लागि पेशी तारेख तोकेको थियो । फागुन लागेपछि गत मंगलबार र आज गरी दुई दिन तोकिएको थियो । बहस आज सकिएपछि फैसला आएको हो ।

गत २, ३ र ४ पुसमा लिएको पीजीको एकीकृत प्रवेश परीक्षाको नतिजा ४ र ६ पुसमा प्रकाशित भएको थियो ।

त्यसपछि १४ पुसबाट म्याचिङ प्रक्रिया सुरु गरिएको थियो। तर आयोगले नतिजा आइसकेपछि कार्यविधि परिवर्तन गरेको भन्दै विद्यार्थीहरुले गत १४ पुसमा सो निर्णयको विरुद्ध सर्बोच्चमा रिट दर्ता गरेका थिए ।

 

सर्बोच्चले भन्यो- ‘ एमडी/एमएस भर्ना प्रक्रियामा परिवर्तित म्याचिङ प्रणालीले विद्यार्थीहरुलाई अपूरणीय क्षति पुग्ने देखियो’ (आदेश पत्र सहित)

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *