चिकित्सक संघ निर्वाचन : अहिलेसम्म अध्यक्ष, महासचिव सहित विभिन्न पदमा २२ जनाको उम्मेद्धारी दर्ता

काठमाडौँ, ४ पुस । नेपाल चिकित्सक संघको आशन्न निर्वाचनमा दिउसो पौने १ बजेसम्म २२ जना चिकित्सकले उम्मेद्धारी दर्ता गराएका छन् ।
नेपाल चिकित्सक संघको केन्द्रीय कार्यालयका प्रमुख प्रशासकीय अधिकृत मिलनचन्द्र खनालका अनुसार अध्यक्ष पदमा डा सन्तोष पौडले र डा अनिल विक्रम कार्कीको उम्मेद्धारी दर्ता भएको छ । यस्तै महासचिव पदमा डा सञ्जीव तिवारी र डा अमृत भुसालको उम्मेद्धारी परेको छ ।
बरिष्ठ उपाध्यक्षमा डा बद्री रिजालको उम्मेद्धारी परेको छ भने कोषाध्यक्षमा डा प्रमोद जोशी र डा अञ्जना महर्जनको उम्मेद्धारी परेको छ । यस्तै सहसचिव पदमा डा लिजन महर्जन र सह कोषाध्यक्षमा डा विक्रान्त ढकालको उम्मेद्धारी परेको छ ।
प्रदेश उपाध्यक्षहरु तर्फ प्रदेश १ मा डा दिपेश आचार्य, मधेश प्रदेशमा डा नीरजकुमार सिंह , गण्डकी प्रदेशमा डा राजन शर्मा, लुम्बिनी प्रदेशमा डा नन्दाकुमारी गुरुङ, सुदुरपश्चिम प्रदेशमा डा प्रशान्त भट्टले उम्मेद्धारी दर्ता गराएका छन् ।
सदस्यहरुमा डा अमित रञ्जन मिश्र, डा मनोरद्धिन सैयद, डा सिर्जना विष्ट, डा किशोर खत्री, डा यशुसेन मल्ल, डा योगेनकुमार यादव, डा चेतन बस्नेत र डा रामकृष्ण आचार्यले सदस्य पदमा उम्मेद्धारी दर्ता गराएका छन् ।
प्रमुख निर्वाचन अधिकृत डा धनबहादुर रानाले निर्वाचनमा भाग लिनका लागि आज दिउसो ३ बजेसम्मका लागि उम्मेद्धारी दिन सकिने बताए ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ