नेपाल चिकित्सक संघ निर्वाचन : प्रजातान्त्रिक समूहबाट डा. अनिलविक्रम कार्की अध्यक्ष, डा. सञ्जीव तिवारी महासचिवका उम्मेद्धार

काठमाडौँ, ३ पुस । नेपाल चिकित्सक संघको निर्वाचनमा नेपाली कांंग्रेस समर्थित चिकित्सकहरुले डा अनिल विक्रम कार्कीलाई अध्यक्ष पदमा उम्मेद्धार बनाउने भएका छन् ।
कांग्रेस समर्थित चिकित्सक (प्रजातान्त्रिक समूह)को आईतबार बसेको बैठकले डा कार्कीलाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।
यसअघि अध्यक्षको उम्मेद्धार बन्न सो समूहबाट डा भुपेन्द्रकुमार बस्नेत र डा बद्रि रिजालले समेत कसरत गरेका थिए ।
यस्तै सो समूहले महासचिव पदमा डा सञ्जीव तिवारीलाई महासचिव पदमा उठाउने निर्णय गरेको छ । यस्तै कोषाध्यक्ष पदमा डा प्रमोद जोशीलाई उठाउने भएको छ ।
प्रजातान्त्रिक समूहको उम्मेद्धार छनौट समितिका संयोजक समेत रहेका नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले अहिलेसम्म अध्यक्ष महासचिव र कोषाध्यक्ष पदको उम्मेद्धार टुंगो लागेको बताए । उनले अन्य पदका लागि छिटै निर्णयमा पुग्ने जानकारी दिए ।
आगामी माघको दोस्रो साता सुरु हुने निर्वाचनका लागि उम्मेद्धार दिने अन्तिम दिन ४ पुस (भोली) तोकिएको छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

