फार्मेसी सहायकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक, ६८ प्रतिशत उत्तीर्ण

428
Shares

काठमाडौँ, २५ मंसिर । नेपाल फार्मेसी परिषद्ले शनिबार लिएको फार्मेसी सहायकको नाम दर्ता (लाइसेन्स) परीक्षामा ६८ प्रतिशत उत्तीर्ण भएका छन् ।

दिउसो १ बजे देखि नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा भएको परीक्षामा कुल १ हजार ४१४ जनाले सहभागिता जनाएका थिए । त्यसमध्ये ९६७ (६८.३८ प्रतिशत) उत्तीर्ण भएको परिषद्का रजिष्ट्रार सञ्जीव पाण्डेले जानकारी दिए ।

परिषद्ले बर्षमा तीन पटक नाम दर्ता (लाइसेन्स) परीक्षा लिने गर्दछ ।

पछिल्लो समय परिषद्ले परीक्षालाई मर्यादित बनाउन औला र अनुहारको स्क्यान गर्ने गरी बायोमेट्रिक सिस्टम लागू गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *