डा. तोसिमा कार्कीको उम्मेद्धारी कायमै, बदर भयो निर्वाचन आयोगको भ्याकेट
काठमाडौं, २८ कात्तिक । सर्बोच्च अदालतले डा तोसिमा कार्कीको उम्मेद्धारी कायम राख्ने निर्णय गरेको छ । सर्बोच्चले यसअघि गरेको आदेश विरुद्ध निर्वाचन आयोग भ्याकेटमा गएपछि आज पुन सुनुवाई भएको थियो ।
सोमबार न्यायाधीशहरु ईश्वरप्राद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यसअघि न्यायाधीश कुमार चुडालको इजलासले दिएको अन्तरिम आदेशलाई नै निरन्तरता दिएको छ ।
ललितपुर क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार बनेकी कार्कीलाई नेपाल मेडिकल काउन्सिलमा लाभको पदमा रहेको भन्दै आयोगले उम्मेद्धारी खारेज गर्ने निर्णय गरेको थियो । त्यसविरुद्ध कार्कीले सर्बोच्चमा रिट दायर गरेकी थिईन् । सो रिटमा सुनुवाइ गर्दै यसअघि न्यायाधीश चुडालको इजलासले आयोगको निर्णय कार्यान्वयन गर्न अन्तरिम आदेश दिएको थियो ।
उक्त अन्तरिम आदेश खारेजीको माग गर्दै निर्वाचन आयोगका सचिव गोकर्णमणि दवाडीले सर्वोच्च अदालतमा भ्याकेट दिएका थिए । सो निवेदनमाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीश खतिवडा र श्रेष्ठको इजलासले पनि तोसिमा लाभको पदमा रहेको मान्न नमिल्ने ठहर गरेको हो ।
निर्वाचन आयोगले तोसिमा नेपाल मेडिकल काउन्सिलको सदस्य रहेको र उनले सरकारी कोषबाट बैठक भत्ता बुझ्ने हुनाले उनको पद लाभको पद किटान गरी उम्मेदवारी खारेज हुने निर्णय गरेको थियो । अब आयोगको उक्त निर्णय कार्यान्वयन नहुने भएको छ ।
निर्वाचन आयोग र अदालती केशका कारण डा कार्कीको चुनावी अभियानले झनै चर्चा पाएको छ । गठबन्धनको तर्फबाट बहालवाला मन्त्री पंफा भुसाल उम्मेद्धार बनेको ललितपुर ३ मा डा कार्की बलियो प्रतिस्पर्धी मान्न थालिएको छ ।
सम्पर्क इमेल : [email protected]