दोस्रो अन्तराष्ट्रिय प्रत्यारोपण सम्मेलन सम्पन्न

256
Shares

काठमाडौँ २७ कात्तिक । दोस्रो अन्तराष्ट्र्रिय प्रत्यारोपण सम्मेलन सम्पन्न भएको छ । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र अंग प्रत्यारोण समाज नेपालको संयुक्त आयोजनामा हिजो देखि सुरु भएको दुई दिने सम्मेलन सम्पन्न भएको हो ।

विकासोन्मुख मुलकहरुको लागि मृत्यु पर्यन्त अंगदान र प्रत्यारोपण भन्ने नारा दिइएको उक्त सम्मेलनमा नेपाल सहित भारत, अमेरिका, जापान, बंगलादेश, हल्याण्ड, बेल्जियम, स्लोभानियाका विज्ञहरु सहभागी थिए ।

यस्तै नेपालका स्वास्थ सँग सम्बन्धि विज्ञहरु, समाजसेवी, पत्रकार, कालाकार, कानूनविद तथा जिल्ला अस्पतालसम्मका अस्पताल प्रमुख र नर्सिङ्ग प्रमुख समेतको सहभागीता थियो ।

सम्मेलनमा नेपाली विज्ञहरुबाट १६ वटा र विदेशी विज्ञहरुबाट १२ वटा कार्यपत्रहरु प्रस्तुत भएको थियो । त्यसमा केही विदेशी विज्ञहरुले भर्चुअल विधिबाट जोडिएर आफ्नो प्रस्तुति दिएका थिए ।

सम्मेलन आयोजक मध्येको एक शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले सम्मेलनबाट नयाँ प्रविधिको हस्तान्तरण र मस्तिष्क मृत्यु पश्चात हुने अंगदान तथा प्रत्यारोपण सम्बन्धि अनुभव आदान प्रदान गर्न सहयोग पुगेको बताए ।

उनले नेपालको अंगदान तथा प्रत्यारोपण कार्यलाई अझै प्रभावकारी बन्ने विश्वास लिइएको बताए । उनले विकासोन्मुख मुलुकमा रहेका अंगदान सम्बन्धि समस्या र सोको समाधान तथा मृत्यु पश्चात अंग दिन सकिने प्रवाधानको व्यापक प्रयोग हुने र विदेशी मुलुकमा जस्तै मस्तिष्क मृत्यु पश्चात हुने अंगदान र प्रत्यारोपण कार्य सूचारु हुने विश्वास लिइएको बताए ।

यसअघि शनिबार शुरु भएको सम्मेलनको मुख्य सचिव शंकरदास बैरागीले उदघाटन गरेका थिए । उनले सरकारले मिर्गौलाका बिरामीमा गरेको लगानीबाट उत्साहाजनक नतिजा देखिएको बताएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *