काठमाडौँलाई धूमपान तथा सुर्तीजन्य पदार्थ मुक्त क्षेत्र बनाउने बालेनको योजना

काठमाडौँ महानगरपालिकाले भन्यो, ‘१ असोज देखि सार्वजनिक स्थलमा धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्न पाईने छैन्’

काठमाडौँ, ३० भदौ । काठमाडौँ महानगरपालिकाले आागमी १ असोज देखि सार्वजनिक स्थलमा धूमपान तथा सुर्तीजन्य पदार्थ प्रयोगलाई पूर्ण रुपमा निषेध गरेको छ । महानगरपालिकाले आज सूचना जारी गर्दै निषेधित क्षेत्रमा धूमपान तथा सुर्तीजन्य पदार्थको प्रयोग गरेको पाईए कानून अनुसार कारवाही गरिने चेतावनी दिएको छ ।

महानगरको ११ औँ अधिवेशनले सार्वजनिकस्थलमा धूमपान गर्न निषेध गर्ने व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन गर्ने नीति पारित गरेको थियो । अहिले सो नीतिलाई कार्यान्वयन गर्न लागिएको महानगरपालिकाले स्पष्ट पारेको छ ।

सूचनामा भनिएको छ, ‘२०७९ असोज १ देखि सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुड्खा,सुर्ती वा यस्तै प्रकारका अन्य पदार्थ मुखमा राख्ने, त्यस्तो पदार्थको नसा लिने वा सेवन गर्ने कार्य निषेध गरिएको छ । सार्वजनिक स्थलमा धूमपान र सुर्तीजन्य पदार्थको प्रयोग नगर्ने, अन्य व्यक्तिबाट हुने प्रयोगलाई निरुत्साहित गर्ने, सार्वजनिक स्थललाई धूमपान तथा सुर्तीजन्य पदार्थ मुक्त गर्ने गराउने कार्यका लागि गरिने नियमन तथा नियन्त्रण सम्वन्धी कार्यमा सहयोग गर्न सम्वद्ध सबैमा अनुरोध गरिन्छ ।’

सूचनामा, ‘प्रचलित कानून, सदाचार र सार्वजनिक हित तथा भलाईका दृष्टिले सार्वजनिक स्थललाई धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन नगर्ने स्थल बनाउन काठमाडौँ महानगरपालिकाद्धारा यो सूचना जारी गरिएको छ । उल्लंघन गरेमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८, समेतका आधारमा कानून उल्लंघन गर्ने व्यक्तिलाई सार्वजनिक स्थलबाट बाहिर निकाल्ने वा तोकिए बमोजिमको जरिवाना समेत हुने व्यहोरा सूचित गरिन्छ ।’

नेपालमा प्रत्येक वर्ष २७ हजार १३७ जनाले सुर्तीजन्य पदार्थको सेवनबाट ज्यान गुमाउने गर्दछन् । सरकारले सुर्तीजन्य पदार्थको सेवनलाई निरुत्साहित गर्न सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८, निर्देशिका बनाएको छ ।

तर, त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन् । पछिल्लो पटक ललितपुर महानगरले सुर्ती नियन्त्रण सम्वन्धी कानूनको प्रभावकारी कार्यान्वयन गर्ने योजना अघि बढाएको छ ।

त्यसो त यसअघि नै सबै वडाहरुमा एमडीजीपी डाक्टर, नर्स तथा पव्लिक हेल्थ इन्सपेक्टर, फुड इन्सपेक्टर लगायत स्वास्थ्य प्राविधिक जनशक्ति करारमा लिने निर्णय गराएका महानगरपालिकाका मेयर बालेन्द्र शाहले वाह वाही कमाएका थिए ।

पछिल्लो पटक नसर्ने रोगको प्रमुख कारक सुर्तीजन्य पदार्थ नियन्त्रण गर्ने बनाइएको कानूनको प्रभावकारी कार्यान्वयन गर्ने उनको निर्णयले महानगरपालिका र स्वयं बालेनलाई थप उचाईमा पुरयाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *