डेंगु बिरुद्धको सरकारी अभियान : ‘अब प्रत्येक शनिबार विहान १० बजे १० मिनेट’

काठमाडौँ, २६ भदौ । देशमा फैलिरहेको डेंगु नियन्त्रण गर्न सरकारले नयाँ अभियान सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब प्रत्येक शनिबार विहान १० बजे १० मिनेट अभियान सुरु गरेको हो ।

मन्त्रालयले आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई समेत पत्र लेखि सातवटै प्रदेश र ७५३ वटै स्थानीय तहमा यो अभियान सञ्चालनको बाताबरण मिलाउनका लागि समन्वय गर्न भनेको छ ।

यो अभियान प्रत्येक परिवारले हरेक शनिबार विहान १० बजे १० मिनेट समय छुट्याएर आफ्नो घर भित्र र बाहिर लामखुट्टेले फुलपार्ने ठाउँहरु खोजौं र नस्ट गरौँ भन्ने अभियान सञ्चालन गर्ने । यस अभियान कार्यान्वयन गर्नका लागि स्थानीय जनप्रतिनिधिहरुको नेतृत्वमा स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविका शिक्षक पत्रकार तथा सरोकारवालाहरुलाई परिचालन गरी आफ्नो वडाका हरेक घर धुरीबाट अभियान सञ्चालन गर्ने भन्ने छ ।

यस्तै मन्त्रालयले डेंगुको विरामीको विवरण स्थानीय तहमार्फत स्वास्थ्य सेवा विभाग, इपिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई नियमित प्रतिवेदन प्रेशित गर्न समेत निर्देशन दिने व्यवस्था मिलाउन संघीय मन्त्रालयलाई भनेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म देशभर ८ हजार ३ सय २७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जसमध्ये सबैभन्दा धेरै वागमती प्रदेशमा ६ हजार २ सय ५ जनामा डेंगु संक्रमण देखिएको छ ।

यस्तै, लुम्बिनीमा १ हजा २ सय ८४, प्रदेश १ मा २ सय ८२, सुदूरपश्चिममा २ सय ६, गण्डकीमा १ सय ५०, मधेश प्रदेशमा १ सय ४४, कर्णालमा ५६ जनामा संक्रमण देखिएको छ ।

नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए। हालसम्म देशभरका सातै प्रदेशका ७५ जिल्लामा डेंगु फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *