स्वास्थ्य बीमा बोर्डद्धारा सेवा प्रदायक स्वास्थ्य संस्थालाई २ अर्व ६७ करोड बढी रकम भुक्तानी
काठमाडौँ, २६ भदौ । स्वास्थ्य बीमा बोर्डले ३३८ वटा अस्पताललाई २ अर्व ६७ करोड बढी रकम भुक्तानी गरेको छ । गत २० भदौमा बसेको बोर्डको बैठकले स्वास्थ्य वीमामा आवद्ध नागरिकलाई सेवा उपलव्ध गराएवापत संस्थाको दावी रकम पूर्ण तथा आंशिक रकम गरी कुल २ अर्व ६७ करोड ११ लाख ६४ हजार ७४८ रुपैया भुक्तानी गरेको हो ।
वीमा बोर्डले कुन स्वास्थ्य संस्थालाई कुन बैंक खातामा कति रकम भुक्तानी भयो भनेर सबै विवरण उपलव्ध गराएको छ ।
गत बजेट बतव्यमा सरकारले निजी स्वास्थ्य संस्थाबाट स्वास्थ्य बीमा नगराउने घोषणा गरेपछि केही निजी क्षेत्रका अस्पताल तथा मेडिकल कलेजले सेवा रोकिएको घोषणा गरेका थिए । उनीहरुले दावी गरेको ठूलो रकम भुक्तानी बाँकी रहेको समेत बताएका थिए ।
बोर्डले वीमा कार्यक्रम रोकिएका अस्पतालहरुलाई पुरानो सोधभर्ना उपलव्ध गराएको जनाएको छ ।
कुन अस्पताललाई कति रकम भुक्तानी ?
सम्पर्क इमेल : [email protected]