चौबिस घण्टामा थप ३२४ जनामा कोरोना संक्रमण, ४१८ जना डिस्चार्ज

काठमाडौँ, १० भदौ । पछिल्लो चौबिस घण्टामा देशभर थप ३२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा थप ४१८ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा ३ हजार ५१५ नमुना परीक्षण गर्दा ३२४ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ९२, ललितपुरमा १३ र भक्तपुरमा ७ जना गरी उपत्यकामा ११२ जना संक्रमित थपिएका छन् ।
त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ९४३ रहेको छ । त्यसैगरी आइसीयूमा ५० जना र भेन्टीलेटरमा १ जना संक्रमित उपचाररत रहेका छन् । आज थप १ जना संक्रमितको मृत्यु भएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 


