वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई ‘क्लिनिकल फेलोसिप’ तालीमका लागि अनुमति प्रदान

काठमाडौँ, ७ भदौ ।  नेपाल मेडिकल काउन्सिलले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई एक वर्षे क्लिनिकल फेलोसिप तालीम सञ्चालन गर्न अनुमति प्रदान गरेको छ ।

काउन्सिलको सोमबार बसेको बोर्ड बैठकले क्लिनिकल फेलोसिप तालीम सञ्चालन गर्न अनुमति प्रदान गरेको हो ।

काउन्सिल स्रोतका अनुसार पहिलो चरणमा विभिन्न १० विधामा तालीम दिईनेछ ।

यसअघि क्यान्सर अस्पतालले एक वर्षे क्लिनिकल फेलोसिप तालीम सञ्चालनका लागि काउन्सिलसंग अनुमति मागेको थियो ।

सो माग पछि काउन्सिलले निर्देशिका तयार गरी स्थलगत अनुगमन तथा निरीक्षण गर्न गएको थियो ।सोही आधारमा काउन्सिलले तालीमका लागि अनुमति दिएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *