कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रशासनको कर्मचारीद्धारा डाक्टरमाथि कुटपिट

काठमाडौँ, २ भदौ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा डाक्टरमाथि कुटपिट भएको छ । अस्पतालको इमरजेन्सी विभागमा कार्यरत डा करण साहमाथि त्यहि अस्पतालकै प्रशासन तर्फका कर्मचारी धनबहादुर शाहीले कुटपिट गरेका हुन् । कुटपिटबाट डा साहको टाउको तथा पेटमा चोट लागेको छ ।

नेपाल चिकित्सक संघ जुम्ला शाखाका उपाध्यक्ष डा कमल थानीका अनुसार घटना आज विहान ९ बजे तिरको हो । अस्पतालको प्रशासन तर्फ चौथो तहका कर्मचारी शाहीले विहान ९ बजे आफ्ना छोराको टाँका काट्न भन्दै इमरजेन्सीमा पुगेका थिए । ड्युटिमा रहेका डा साहले तत्कालका लागि आफू बिरामी हेर्न व्यस्त रहेको भन्दै ११ बजेतिर काटिदिने बताएका थिए । त्यहि विषयमा विवाद बढ्दा घटना भएको हो ।

‘विहानको समयमा इमरजेन्सीमा पनि भिड रहेछ । घाउ पाकेको छैन् । हतार गर्नु पर्दैन् । अहिले म बिरामीसंग छु । ११ बजे तिर हेरौला नि भन्नु भएको रहेछ । तर कर्मचारीले तत्काल मेरो काम नगरेको भनेर आक्रमणमा उत्रिएछन् । डा साहको पेट तथा टाउकोमा सामान्य चोट लागेको छ,’ डा थानीले भने ।

घटनापछि डा साहले आक्रमणकारीमाथि कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

अस्पतालका निर्देशक डा पुजन रोकायले अस्पतालमा चिकित्सक र कर्मचारीबीच घटना घटेको भन्दै त्यसबारे छलफल तथा अनुसन्धान भइरहेको बताए । उनले घटनाबारेमा प्रहरीले अनुसन्धान थालिसकेको भन्दै आफूले बोल्न नमिल्ने बताए ।

यसैबीच नेपाल चिकित्सक संघ जुम्लाले घटनाको छानवीन गरि दोशीमाथि कारवाही गर्न माग गरेको छ । संघका उपाध्यक्ष थानीले जुनसुकै कारणले भएपनि आक्रमण गर्न नपाईने भन्दै घटनाको विरोध गरेको जनाए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

7 thoughts on “कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रशासनको कर्मचारीद्धारा डाक्टरमाथि कुटपिट

  1. यो समाचारमा सत्यता छैन । मेरो बच्चा को पेट दुखेर छटपटिएको थियो। सगै टाका पनि काट्नुपर्ने पनि थियो । तर त्यसको लागि 1 घण्टा कुर्दा पनि उपचार नभएपछि केही प्रशासनिक कर्मचारिको सहयोगमा पुन उपचारको लागि अनुरोध गरे तापनि बारम्बार बाहिर धपाइरहनुभयो ।
    यदि इमर्जेन्सी मा भिड भएकोभए पनि म गल्ति हुन्थे । सि सि हेर्नुस् इमर्जेन्सी मा त्यो समयमा १ जना पनि बिरामि थिएन । तापनि उहाले निकैनै आडम्बर देखाएपछि सामान्य धकलमकल भएको हो सायद जो कोही पनि यस्तै गर्थे किनकि ६ बर्षको बच्चा छट्पटी रहदा कति मन दुख्छ ।
    थप जानकारि लिनुछ भने मलाई कल गर्नुस् ।

    1. हामीले CCTV footage हिरी सकेका छौ। कर्णाली डाक्टर बिहिन हुनु तपाईं जस्तै घमण्डी कर्मचारी हो।

  2. तलाई फटाहा, डाक्टर कुटेर अझै सत्यता छैन भन्छस । जेल को हावा चाखे पछी line म आउछस अब ।

  3. Yo Dhan Bahadur bhai le video herena kya? Kasto guff hancha gwach le.
    Timro bacha ko pet dukheko haina timro chai dimag khuskeko ho.
    Taka katna emergency aucha koi?

  4. भेजाले जुम्लीको आचरण र ब्यवहार नकारात्मक हुन्छ भन्ने प्रमाणित गर्दै कर्णालीको विशेष स्वास्थ्य सेवामा असर पार्ने भयो।
    कुन हरिलठ्ठकको सिफारिसमा यस्तो स्वाठेलाई भर्ना गरेछन्।
    कठै कर्णाली!

Leave a Reply to Mann Bahadur Cancel reply

Your email address will not be published. Required fields are marked *