मंगलबारबाटै उठ्ने भयो काठमाडौँको फोहर
प्रभावित क्षेत्रका जनप्रतिनिधि, काठमाडौँ महानगर र शहरी विकास मन्त्रालयबीच सहमति
काठमाडौँ, २३ जेठ । काठमाडौँमा थुप्रिएको फोहर भोलीबाट उठ्ने भएको छ । शहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र फोहर प्रभावित क्षेत्रको ककनी, धुलिबेसी तथा गोकर्णेश्वर नगरपालिकाका जनप्रतिनिधिबीच भएको बार्तामा सहमति भएपछि फोहर मंगलबार देखि नै उठने भएको हो ।
शहरी विकास मन्त्री रामकुमारी झाक्रीको उपस्थितिमा भएको बार्तामा काठमाडौँ महानगरपालिकाबाट मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोल सहभागी भएकी थिईन् ।
यसैगरी ककनी, धुलिबेसी, गोकर्णेश्वर जनप्रतिनिधिको सहभागिता थियो । दिउसो ३ बजे देखि बेलुका ७ बजेसम्म चलेको बार्तामा मन्त्रालय र महानगरपालिकाले फोहर प्रभावित क्षेत्रका बासिन्दाले उठाएको मागहरु क्रमश पुरा गर्दै जाने प्रतिवद्धता जनाएको छ ।
काठमाडौँमा फोहर थुप्रिदै जाँदा आम जनजीवन नै प्रभावित हुन थालेको थियो । दुर्गन्ध बढ्न थालेपछि काठमाडौँ महानगरपालिकाले सोमबारबाट गन्ध हटाउने केमिकल छ्याप्न सुरु गरेको थियो ।
सम्पर्क इमेल : [email protected]