चौबिस घण्टामा थप ५ जनामा कोरोना संक्रमण, ९ जना संक्रमणमुक्त
काठमाडौँ, ११ जेठ । पछिल्लो चौबिस घण्टामा देशभर थप ५ जना कोरोना संक्रमित थपिएका छन् । त्यसैगरी आज थप ९ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जारी गरेको बिबरण अनुसार १ हजार ८८९ जनाको पीसीआर नमुना परीक्षण गर्दा ४ जनामा र ८२८ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टी भएको हो । ।
देशभर सक्रिय संक्रमितको संख्या १२८ रहेको छ । त्यसैगरी आईसीयूमा र भेन्टीलेटरमा उपचार गराउनेको संख्या शून्य रहेको छ । त्यसैगरी सक्रिय संक्रमित शून्य रहेका जिल्ला ३१ वटा रहेको मन्त्रालयले जनाएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]