राष्ट्रपतिद्धारा संसदमा नीति तथा कार्यक्रम प्रस्तुत, के के पर्यो स्वास्थ्यका विषय ?
काठमाडौँ, १० जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक बर्ष २०७९ / ८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् । संसदको संयुक्त बैठकलाई सम्वोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
यसवर्षको नीति तथा कार्यक्रममा स्वास्थ्यका विषयहरु यसरी समेटिएका छन् ।
१. आधारभूत र जीवनरक्षक औषधि र अक्सिजन, तथा औषधि जन्य सामग्री उत्पादनलाई थप प्रोत्साहन गरिनेछ ।
२. नेपाली औषधि उत्पादकहरुको उत्पादन क्षमता बद्धि गरी औषधिको आपूर्तिमा सुधार गरिनेछ ।
३. परम्परागत ज्ञान तथा मौलिक सिपमा आधारित लघु तथा घरेलु उद्योगलाई प्रविधि हस्तान्तरण तथा बजार संरक्षण मार्फत पर्र्वद्धन गरिनेछ ।
४. लघु घरेलु साना र मझौला उद्योगका लागि उद्यमशिलता विकास वित्तिए पहुँच उत्पादनको बजारीकरण र निर्यात सहजीकरणको प्याकेज तयार गरी कार्यान्वयन गरिनेछ ।
५. दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको हवाई उद्धार कार्यलाई थप व्यवस्थित बनाईने छ ।
६. बालबालिकाको हक सुनिश्चित गर्दै आधारभूत स्वास्थ्य शिक्षा र पोषणमा सबैको पहुँच अभिबृद्धि गरिनेछ ।
७. सामुदायिक विधालयमा स्वास्थ्य परिचारिकाको व्यवस्था गरिनेछ।
८. प्रत्येक प्रदेशमा कम्तिमा २ वटा मेडिकल कलेज /प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने नीति लिईनेछ ।
९. सुदुरपश्चिम विश्वविद्यालयसंगको सहकार्यमा डडेल्धुरामा मेडिकल कलेज सञ्चालनमा ल्याईनेछ ।
१०. चिकित्सा शिक्षा अध्ययन गराउने संस्थाको क्षमताको आधारमा विद्यार्थी संख्या बृद्धि गरिनेछ ।
११. नागरिकलाई शारीरिक तथा मानसिक स्वास्थय सुधारका लागि खेलकुद शारीरिक व्यायम योग तथा ध्यानको अभ्यास गर्न उत्प्रेरित गरिनेछ ।
१२. डिजिटल हेल्थ कार्यक्रम कार्यान्वयनमा ल्याइनेछ ।
१३ . प्रत्येक नागरिकको स्वास्थ्य अभिलेख व्यवस्थि त गर्न सबै अस्पतालहरुमा विद्युतीय स्वास्थ्य सूचना प्रणाली लागू गरिनेछ ।
१४. औषधोपचारका क्रममा अस्पतालमा हुने मृत्युको अनिवार्य अडिट गर्ने व्यवस्था मिलाईनेछ ।
१५. स्वास्थ्य संस्था चिकित्सक, तथा स्वास्थ्यकर्मीको सुरक्षाको लागि कानूनी व्यवस्थालाई थप बलियो बनाईनेछ ।
१६. सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमहरुलाई एकीकृत गर्दै स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गरिनेछ ।
१७. सबै अस्पतालमा सामाजिक सेवा ईकाई स्थापना गरि एकै विन्दुबाट सेवा प्रदान गर्ने व्यवस्था मिलाईनेछ ।
१८. पाँच देखि एघार बर्ष उमेर समूहका बालबालिकालाई कोभिड १९ विरुद्धको खोप लगाउन सुरु गरिनेछ ।
१९. जेष्ठ नागरिकका लागि विशिष्टिकृत स्वास्थ्य सेवा सुनिश्चित गरिनेछ ।
२०. जनस्वास्थ्यका कार्यक्रम मार्फत रोगको रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाईनेछ ।
२१. सबै स्थानीय तहका स्वास्थ्य संस्थामा ४० वर्ष माथिका नागरिकको बर्षको एक पटक आधारभूत प्रयोगशाला र महिलामा हुने पाठेघरको मुखको क्यान्सर निशुल्क स्क्रिनिङ सेवा सञ्चालन गरिनेछ।
२२. किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिईनेछ । स्तन क्यान्सर निदान एवं उपचारका लागि सरल र सुलभ बनाउन विशेष कार्यक्रम ल्याइनेछ ।
२३. प्रदेशको सहभागीता र समन्वयमा सबै प्रदेशका सरकारी स्वामित्वको रक्तसञ्चार केन्द्र स्थापना गरिनेछ ।
२४. केन्द्रीय जनस्वास्थ्य प्रयोगशालालाई आधुनिक एवं सुविधा सम्पन्न बनाई सबैप्रकारका विशिष्टीकृत परीक्षण सरल र सहज रुपमा हुने व्यवस्था मिलाईनेछ ।
२५. शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई विस्तार गरिनेछ ।
२६. विशिष्ठीकृत स्वास्थ्य प्रयोगशाला स्थापना गर्न निजी क्षेत्रलाई प्रोत्साहित र आकर्षित गरिनेछ । देशभित्रका प्रयोगशालामा परीक्षण हुन नसक्ने अवस्थामा मात्र विदेशमा परीक्षण गर्न पठाइनेछ ।
२७. नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्य योजनालाई प्रभावकारी रुपमा कार्यन्वयन गरिनेछ ।
२८. शारीरिक तथा मानसिक अपांगता भएका व्यक्ति एवं क्यान्सर लगायतका दीर्घ रोगीका लागि प्रत्येक प्रदेशमा पुनस्थापना तथा परामर्श केन्द्र स्थापना गरिनेछ ।
२९. नागरिकको सहभागितामा नसर्ने रोग नियन्त्रण गर्न नागरिक आरोग्य अभियान सञ्चालन गरिनेछ ।
३०. एक स्वास्थ्य संस्था रणनीति कार्यान्वयनमा ल्याइ प्रतिजैविक औषधिको प्रतिरोधलाई न्युन गरिनेछ ।
…………………………….. क्रमश ………..
सम्पर्क इमेल : [email protected]