चौबिस घण्टामा थप १५ जनामा कोरोना संक्रमण, १८ जना संक्रमणमुक्त
काठमाडौँ, १५ वैशाख । पछिल्लो चौबिस घण्टामा देशभर थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी आज थप १८ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जारी गरेको बिबरण अनुसार ४ हजार ८८२ जनाको पीसीआर नमुना परीक्षण गर्दा १५ जना र ९९३ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण भएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या २४९ रहेको छ । जसमध्ये होम आइसोलेसनमा २४५ र संस्थागत आइसोलेसनमा ४ जना रहेका छन् ।
त्यसैगरी शून्य सक्रिय संक्रमित रहेका जिल्ला ३२ वटा रहेका छन् ।आइसीयू र भेन्टीलेटरमा उपचार गराउनेको संख्या भने शून्य रहेको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]